शोक मनाउदै शाखा गठन
हङकङ, ४ मे,२०१५
मातृभूमी नेपालमा भर्खरै विनासकारी महाभूकम्पवाट सात हजार भन्दा ज्यादाले अकालमा ज्यान गुमाउने दिवंगत आत्माहरू र १२ हजार भन्दा ज्यादा घांईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दर्जनौ साहित्यकारहरुको विशेष भेलाले सयुंक्त दीप प्रज्वलन गरि श्रध्द्वाञ्जली शोक मनाए | उक्त भेलाले सर्वसहमत अनुरुप कवि चन्द्र मादेन ‘आन्छन्’ को संयोजकत्वमा ” विश्व नेपाली साहित्य महासङ्घ हङकङ” गठन गरिएको थियो भने सचिवमा कवि वल्लभ रोक्का, कोषाध्यक्षमा कवयित्री पूर्णिमा शाह, सदस्यहरुमा कवि डी बी पालुङवा, कवि श्री कुमार चाम्लिङ ‘ पूर्वेली’ र कवयित्री सुनिता गिरीलाई चयन गरिएको थियो |
उक्त भेलामा अन्य साहित्यकारहरु विमल राई, किन्दर राई, त्रिभुवन लुम्फुङवा, विष्णु कुमार ईङ्नाम, गोविन्द कुमार गुरुङ, तिलक वालाहाङ राई, तिर्थ राई आदिको उपस्थिति रहेको थियो | नव संयोजक ‘आन्छन् ‘ले विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत अहिले सम्म २० वटा भन्दा वढी देशहरुमा २७ वटा भन्दा ज्यादा शाखाहरु गठन गरिएको , विश्व व्यापी रुपमा अनलाईन मार्फत कविता, गजल प्रतियोगिता निरन्तर गरिरहेको, नेपाली लगायत अन्य भाषामा पुस्तक प्रकाशन देखि लिएर, अहिलेको वर्तमान स्थितिमा नेपालमा महाभूकम्प द्वारा ज्यान गुमाउन लागेकाहरुको उद्वार गरि योगदान दिने साहसीलाई पचासौं हजार भन्दा ज्यादाको पुरस्कार घोषणा भैसकेको कुरोको अवगत गराउदै आगामी दिनमा हङकङमा पनि यस्ता साहित्यिक गतिविधिहरु अन्य साहित्यिक संस्थाहरुसंग हातेमालो गर्दै निरन्तर कृयाशिल भएर अघि वढिने कुरोको जानकारी गरिएको थियो |
सो सौहाद्वपूर्ण भेलामा कवयित्री द्वय पूर्णिमा शाह , सुनिता गिरी र कवि विष्णु कुमार ईङ्नाम द्वारा भूकम्पले देश आक्रान्त र कहाली लाग्दो वनाएको विषयलाई लिएर ह्रदय विदारक सृजना पाठ गरिएको थियो /
— वल्लभ रोक्का, हङकङ