नवसिर्जना कल्लेरीको उपाधि तोलातुङ्लाई

Read Time:3 Minute, 42 Second

तोलातुङ्ले वैशाखमै गर्यो ह्याट्रिक 

विनोद रखाली मगर
गल्याङ् , वैशाख २२ –नवसिर्जना युवा क्लव , पेलाकोट २ कल्लेरीले आफ्नो छैटौं वार्षिक उत्सवको अवशरमा आयोजना गरेको क्लव स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधिमा पेलाकोटकै जनहित युवा कल्व तोलातुङ्ले कव्जा जमाएको छ ।

उसले अन्तिममा घरेलु मैदानमा प्रतिस्प्रर्धामा उत्रिएको आयोजक नवसिर्जना ए समुह माथि कडा प्रतिस्प्रर्धाका विच ३ – १ को सेट हात पार्दै उपाधि सहित नगद रु. २७ हजार , शिल्ड , मेडल तथा प्रमाणपत्र हात चुमेको हो । नव सिर्जनाको उपाधि सङ्गै जनहितले नयाँ वर्षको आगमन सङ्गै उपाधिमा ह्याट्रिक गरेको छ । उसले जनजागृती युवा क्लव पिडिखोला र विश्वकर्मा समाजले आयोजना गरेको क्लव स्तरीय भलिवल प्रतियोगिताको उपाधि आफ्नो कव्जामा पारीसकेको छ । यता कल्लेरीमा उप विजेतामा चित्त वुझाउदै आयोजक नव सिर्जनाले नगद रु. १४ हजार , शिल्ड , मेडल तथा प्रमाणपत्र सुरक्षित गर्यो ।

यता जगत्रदेवि गराङ्दी रीपको नवज्योति युवा क्लवले तृतीय स्थान ओगट्दै नगद रु. ७ हजार , शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो । घरेलु मैदानमै आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्दै आयोजक वी समुहले सान्त्वना स्थान सुरक्षित गर्दै नगद रु. ३ हजार , शिल्ड , मेडल तथा प्रमाणपत्र सुरक्षित गर्यो । खेल अवधि भर उत्कृष्ट खेल प्रस्तुत गर्दै आयोजक नवसिर्जनाकै सनम राना मगर उत्कृष्ट खेलाडि घोषित भए । उनले उत्कृष्ट खेलाडि सहित ट्रफि, मेडल , प्रमाणपत्र हात पारे ।

कार्यक्रमको समापन गर्दै सविंधानसभाका सदस्य मुक्ति प्रसाद पाठकले स्थानीय खेलकुदनै राष्ट्रिय खेलकुदको जग भएको वताउदै प्रतिभालाई निरन्तरता दिन आग्रह गरे । उनले स्याङ्जा क्षेत्र न. ३ मा विनाशकारी भुकम्प देखि घरवारविहिन भएका परिवारलाई तत्काल राहत उपलव्ध गराउन आवश्यक पहल गरिरहेको भन्दै राज्यको ध्यानाकर्षण गराउने आश्वासन दिए । कार्यक्रममा पेलाकोट गाविसका पूर्व उपाध्यक्ष रामविर गुरुङ् , युवा संघ क्षेत्र न. ३ का अध्यक्ष किसान श्रेष्ठ , दलित उत्थान समितिका केन्द्रिय सदस्य धन कुमारी वि.क ., लक्ष्मी टेलिभिजनका समाचार प्रमुख , युवा सन्चारकर्मी विनोद रखाली मगर लगाएतले वोलेका थिए । नवसिर्जना युवा क्लवको खेल मैदानमा सन्चालित उक्त कार्यक्रमको सन्चालन क्लवका सचिव कमल राना मगर र भिम राना मगरले गरेका थिए ।

कार्यक्रम क्लवका सस्थांपक अध्यक्ष कुमार राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %