बिपतमा देखाउन सकेनन महानायक हमालले कमाल

Read Time:7 Minute, 9 Second

राज्यसत्ता ,काठमान्डु ,अप्रिल २९ ,२०१५ 

देशका नेता कार्यकर्ता जस्तै कलाकार पनि लुते 

अहिले देश भूकम्पले गर्दा नेपाली शोकाकुल छन,देश अस्तव्यस्त छ । अहिले बिपतमा परेकालाई उद्दार र राहत वितरणमा ढिलाईका कारण चौतर्फी आक्रोष बद्धो छ । देश हाक्ने ठुला ठुला नारा घन्काउदै नाच्ने नेताहरु अहिले गुमनाम छन जनता उनिहरुलाई खोज्दै छन सत्ता र पैसाको लागि लाखौं कार्यकर्ता परिचालन गरेर देशै थप्प पार्न सक्ने नेता र कार्यकर्ता अहिले देशमा आपत परेको बेला सेवा गर्ने बेला भने सबै सुइकुच्चा थोकेका छन नेता पछी सधैं चर्चाको शिखरमा रहने जनताको आँखामा छाई रहने कलाकार पनि बेपत्ता छन ,काचको पर्दामा ठुला ठुला प्रलय ठाम्ने फिल्मी दुनियाका हिरो हिरोइन भने अहिले फिल्मी काल्पनिक्तामै सिमित भएका छन । ठुला ठुला बिल्डिङ ढल्नबाट बचाएर उद्दार गर्ने नायक अहिले एक टुक्रा इत पनि उठाएको फोटो देखिएन ,सधैं देश प्रेमी र देश भावको गीत संगीत बनाउने गायक गायिका कलाकार भने अहिले किन हो शब्दनै नफुरे जस्तो सुनसान छन । 

 

बेलायती अभिनेत्री जोआना लुम्लेको अपिलमा २४ घण्टामा नै २० मिलियन पाउन्ड भन्दा माथि रकम उठी सकेको छ , युनिसेफ सद्भवानादुत तथा सेलिब्रेटी सेलेना गोमेजले नेपालको भूकम्प पिडितलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।जेम्स बोन्ड सिरियलका नायक डेनियल क्रैगले पनि वास्तविक लाइफमा पनि भुकम्प पीडितको लागि राहत सन्कलनमा आवहाँन गरी हिरो भएका छन ।त्यस्तै बलिउडका कलाकारहरुले पनि सहयोगी हाट अघी सरेका छन तर विदम्वना देश दुखेको बेला स्वोस्फुर्त निस्कनु पर्ने नेपाली कलाकार र सेलिब्रेटीको मुख बन्द छ ।कलाकार भनेका यस्ता शक्ती हुन जस्ले आम मानिसको ध्यान खिच्न सक्छन् र एउटा विशेष अभियान परिचालन गर्ने हैसियत राख्छन् तर दुख्खको कुरा नेपाल र नेपालीको पीडा देखेर बलिउडदेखि हलिउडका कलाकारले अर्थ संकलनका लागि अग्रसरता देखाइरहँदा नेपाली कलाकार भने फेसबुकका भित्तामा सीमित देखिएका छन् ।

नेपालका महानायकबाट सम्मानित नायक राजेश हमाल पेरिसमा होलिडे मनाउडै गरेको खबर छ ,उनको फेसबुक स्टाटसमा आफू नेपाल फर्कदैछु भनेर लेखेका छन त्यस बाहेक कुनै चमत्कार गर्न सकेका छैन न त उनले काच्को पर्दामा जस्तै ठुला ठुला भवन ठेग्न नै सकेका छन न त पहाड मुनी पुरिएकालाई उद्दार गर्न नै सकेका छन उनी मात्र रमिटे बनेको देखिन्छ । कम्तिमा नेपाली समाजले यस्तो विपत्तिका बेला‘महानायक’बाट यस्तो लाचारी हैन, महान कार्यको अपेक्षा गरेको थियो ।राजेश हमालले यस्तोबेला पुलै उचाल्न नसके पनि ,हावामा उडेर गोर्खा सिन्धुली पुग्न नसकेनी आफ्नो तर्फबाट उद्दार र राहत सन्कलनको निम्ती आफ्ना फ्यानलाई आह्वान गर्न सक्थे ।उनी उपस्थित मात्र भईदिए पनि पुग्छ तर उनी अहिले किनेको टिकट माया मारेर अर्को टिकट किनेर उद्दारमा सामेल हुन नसक्ने जनाएका छन ।

 

उनी जस्तै नेपाली सदाबहार नायकको छबी बनाएका भुवन केसी अध्यारोमा तरुणी खोज्न हिंडे जस्ता कतै भेतिदैन ,नेपाली ज्याकी चानको छबी बनाएका शिव श्रेष्ठ पनि अर्को पत्नी खोज्न हिंडे जस्ता हराएका छन आज्भोलिका चक्लेटी नायक हरु आर्यन सिग्देल हरु पनि चक्लेट किन हिंडे जस्ता भएका छन । देश बिदेश घुम्न फुर्सद नहुने कलाकारहरु अहिले बेपत्ता छन नेपाली समाजले अती रुचाएका हास्य कलाकार मदन कृष्ण र हरिवम्स आचार्य पनि गुमनाम छन ,अमेरिका पनि यही छ दुबइ पनि यही छ भन्दै सबै नेपालीलाई बिदेश होइन नेपालमै केही गरेर खान अर्ती उपदेश दिने अहिलेका चर्चित लोक दोहोरी गायक पशुपती शर्मा भने अहिले आँफै अमेरिका पुगेर बसेका छन उनी नेपाल फिर्छन फिर्दैन भविस्यले नै बताउला नेपालकाई चर्चित नायिका रेखा थापा पनि उद्दार र राहत बितरनमा गाउ गाउ पुग्नु भन्दा शहर बजारमाई क्यामेर बोकेर फोटो खिच्दै फेसबुक्को भित्तामा झुन्देको देखिन्छ ।टेलिविजनमा दिनहु हास्य मनोरन्जन पस्कने कलाकार पनि भुकम्पमा हराए जस्ता देखिन्छन । कलाकारका फ्यान पेजमा कस्को धेरै फ्यान पोस्ट गर्ने थुप्रै कलाकार हराएकै अवस्थामा छन ।


जोअन्ना लुम्लेदेखि, जेम्स बोन्डका नायक डेनियल क्रेगसम्म सहयोगका लागि अग्रसर भइरहँदा नेपाली सेलिबि्रटीहरु भने रमिते बनेर बसिरहेका छन् ।देशमा आएको विपत्तिले जनता शिथिल भैरहेको समयमा नेपाली कलाकार र चलचित्रकर्मी फेसबुकका भित्तामा तस्बिर पोष्ट गर्न र सामान्य कुदाइलाई ठूलो काम गरेको देखाउँदै रमाइरहेका छन् ।उनिहरुको इच्छा शक्ती भएमा भुकम्प पीडित क्षेत्रमा पुग्न उत्प्रेरित गरी हजारौ स्व्यमसेवी खटिने सम्भाबना रहन्छ तर दु:ख लाग्दो कुरा यस्तो महाविपत्तिमा कलाकारको भूमिका निश्क्रिय देखिन्छ ।

 

 तस्विरहरु :-कलाकारकै फेसबुकबाट

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %