देश दुख्दा भाँचिएको मन

Read Time:4 Minute, 31 Second

निश्चल काउचा ,कोरिया 

३० अप्रिल २०१५
बिगतका केही वर्षहरु देखि नेपालमा भुकम्प आउदैछ भन्ने कुरा विज्ञहरुले बताउदै आएका थिए | भुकम्प आउदै छ भन्ने थाहा थियो तर कहिले र कति रेक्टरको आउछ भन्ने मात्र थाहा थिएन | यति हुदा हुदै पनि सरकारले विश्व भुकम्प दिवसको दिन हल्का चर्चा गर्ने र पर्चा बाडने काम बाहेक अरु काम गर्न उचित ठानेन या सकेन त्यो सरकारलाई नै थाह होला | बिज्ञानले चमत्कार गरेर चन्द्रमामा बस्ति बसाउने र मंगल ग्रहमा मान्छे पठाउने योजना नासाले बुनिरहदा सम्म पनि भुकम्प कहिले आउछ कति रेक्टरको आउछ भन्ने कुरा थाहा पाउने यन्त्र अझै बैज्ञानिकहरुले बनाउन सकेका छैन | यद्दपि जापान र ताईवानले भुकम्प आउन भन्दा केही सेकेण्ड पहिले थाहा पाउन सक्ने यन्त्र बनाएको छ |


९० सालमा गएको ८.४ रेक्टर स्केलको महाभूकम्प पछि गत शनिवार गएको ७.८ रेक्टर स्केल महाभूकम्प परेर कति धनझनको क्षति भयो भनेर यकिन तथ्यांक आउन अझै केही हप्ता कुर्नु पर्ने देखिन्छ | केही हदसम्म हामीलाइ प्रकृतिले पनि साथ् दिएकै भन्नु पर्छ | त्यो भुकम्प शनिवार बाहेक अरु बारमा बिहान , बेलुकी या रातको समयमा आएको भए मृत्यु हुने संख्या अहिलेको भन्दा दोब्बर या तेब्बर हुने निश्चित थियो |
खैर ! भूकम्प त गईहाल्यो | विभिन्न देशहरुबाट उद्दार टोली आईपुगेका छन् भने हाम्रा सेना , प्रहरी र नेपाली दाजु भाई , दिदी बहिनीहरु पनि निस्वार्थ उद्दार कार्यमा अहोरात्र खटिनु भएको छ | उनीहरु धन्यवादका पात्र हुन् |
उद्दार टोली काठमाण्डु केन्द्रित भएको र भुकम्प ठुलो चपेटामा परेका गोर्खा , काभ्रे , धादिङ ,रसुवा जिल्लाका बिकट बस्तीहरुमा पुग्न नसकेको खबर आईरहेका छन् | नेपाल सरकारले चाडो भन्दा चाडो ति बस्तिहरुमा उदार टोली खटाएर सरकार भएको अनुभूति दिन सक्नु पर्छ | हुनत बिगत देखि नै नेपालका सरकार र राजनीतिक दलहरु सक्षम छैनन भन्ने कुरा नेपाली जनतालाई थाह नै भएको हो जो पाँच वर्षसम्म पनि संबिधान लेख्न असक्षम छन् |
यति बेला देश असिम पीडाबाट गुज्रिरहेको छ | यस्तो बेलामा कुनै धर्म , जात भन्दा माथि उठेर हामी नेपाली हौ भन्ने भावना राखेर हातमा हात मिलाउदै काधमा काध मिलाउदै महाभूकम्पले ल्याएको बिनाससंग जुध्ने बेला हो |
नुन , भुटुनको पिरलोले हामी अहिले प्रदेशमा छौ तर हाम्रो भौतिक शरीर प्रवासमा भए पनि तन , मन पुरै आफ्नो मातृभूमिमा छ | प्रदेशमा हुने सारा नेपालीको मुटु टुक्रा-टुक्रा भएको छ | मन थनक्कै भाचिएको छ | हामीलाई पनि भत्केमा घरहरुमा गएर ईटा र ढुङ्गा पन्छाएर आफ्नो परिवार जिउदै छन भनेर खोज्ने मन त थियो तर मान्छेलाई विभिन्न परिधि र रेखाहरुले बाधेको हुदोरहेछ | जो चाहेर पनि गर्न नसकिने रहेछ | सिङ्गो देश दुखि रहदा हाम्रो पनि मन , मुटु सबै दुखिरहेछ | त्यसैले त दिन रात नभनी रगत , पसिनाले आर्जेको केही छाक कटाएर भए पनि आर्थिक संकलन गरिरहेको छौ | यसरी हामीले उठाएको रकम बास्तविक भुकम्प पिडितसम्म पुगोस | यहि छ हामी प्रदेशी नेपाली चाहना र कामना !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %