फोक्सटन नेपाली समाजले श्रद्धान्जली अर्पण गरे

Read Time:3 Minute, 24 Second

रोशन मेवाहाङ्ग

  लण्डन, बैशाख १५ – बेलायतस्थित फोक्सटन नजिकै आर्मी व्यारेकमा गोर्खा सैनिकहरुले बेलायती राजमुकुटको सेवा गरेको २०० बर्ष पुगेको उपलक्ष्यमा द्घिशतबार्षिकी उत्सब भव्यताको साथ मनाउन लागेको अवशरमा हाम्रो देश नेपालमा प्रकृतीले खेलबाड गरेको हो ।

  व्रिगेड अफ गोर्खाज दोश्रो पल्टनले समबेदना र शहानुभुतीको निम्ती पल्टनको मंन्दिरमा पुजा अर्पण गर्दै सैनिकहरुलाई पहिलो प्रस्थान गराउन सफल भएका छन ।
जब व्रिटिस ईन्डियाले नेपालको सिमाना नाघेपछिको युद्घमा गोर्खालीहरुको बहादुरी, निडरपना र अदम्य साहस देखेपछि लडाई छाडी सुगौलीसन्धी गरेर गोर्खाहरुलाई सन १८१४ देखि बेलायती सेनामा भर्ना गर्न थालिएको हो ।

  ब्रिटिस सेनामा कार्यरत रहदा गोर्खालीहरुले पहिलो विश्व युद्घ र दोश्रो विश्व युद्घ देखि लिएर विभिन्न युद्घहरुमा मुख्य भुमिका निभाउदै आईरहेका छन । यसै क्रममा गोर्खालीहरुले लडाईमा विरतापुर्वक लडेबापत बेलायतको तर्फबाट प्रदान गरिने सर्वोच्च पदक भिक्टोरिया क्रस, हाल सम्म १३ जना गोर्खालीहरुले प्राप्त गरिसकेका छन ।
 
  यसका अतिरिक्त मानविय उद्घार र शातिसेवा जस्ता कार्यहरुमा पनि गोर्खालीहरुले उच्च स्तरीय भुमिका निभाउदै आएको ज्वलन्त उदाहरणहरु छन । व्रिगेड अफ गोर्खाजका कार्यरत सैनिकहरुले सम्भवत पहिलो पल्ट विश्वको अग्लो शिखर सगरमाथा आरोहण साथै उतरी धु्रबतिर पुग्ने जस्ता चुनौती पुर्ण कार्यहरु गरिहेका छन । विश्वको अग्लो शिखर सगरमाथा आरोहणको आयोजन गोर्खा २०० एभरेष्ट कमिटीका अध्यक्ष व्रिगेडियर ईमान रिज्डेनले बताउनु हुन्छ । अचनाक पा्रकृती समस्याले गर्दा बिशेष कामको लागि पठाईएको समिती सकुशल छौ ।

  पुर्व काउन्सिलर धन गुरुङ्गको  संयोजन रहेको कार्यक्रममा फोक्सटन मेयर आलन्द नर्थ ,सेपओयका सांम्सद डेमिन कोलीन, काउन्सिलर लिन बोवन, फोक्सटन समाजको अध्यक्ष दिपक काउचा र दोश्रो गोर्खा पल्टनका गोर्खा मेजर प्रेमबहादुर गुरुङ्गले हार्दिक श्रद्धानजलि गदै चिर शान्तिको कामना व्यक्त गरेका थिए ।

विजय हितानको संयोजकमा फोक्सटन समाजले आर्थिक सहयोग र राहत सामग्री संकलन गर्ने निणर्य गरेको छन । उक्त राहत सामग्रीलाई २ आर जि.आर मार्फत नेपाल पठाउने निर्णय गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %