चितवन सेवा समाजले नेत्रबिहिनलाई सह्योग

Read Time:2 Minute, 57 Second

कृष्ण सारू मगर

बहराईन २८ “अनेकतामा एकता,एकताको मन हाम्रो प्यारो चितवन” भन्ने मूल नाराका साथ स्थापित चितवन सेवा समाज बहराईनले नेपालमा रहेका विभिन्न भैपरी आउन सक्ने अकल्पनीय दैवी प्रकोप, प्रकृतिक दुर्घटना पीडितहरु लाई राहत दिने हेतुले सामाजिक सद्भाव तथा परोपकारी गर्ने उद्देस्य र लक्ष्यका साथ बहराईनमा स्थापित विभिन्न सामाजिक कार्य र परोपकार गर्ने प्रण लिएको समाजले २६ अप्रैल आईतबारका दिन चितवनको माडी स्थित बसन्तपुरमा आयोजित साप्ताहिक बृहत शालग्राम महोत्सव तथा महापुराण ज्ञान महायज्ञ समापनको अवसरमा समाजका सल्लाहकार पूर्णखर पौडेल, नेहा पौडेल, फडेन्द्र पौडेल र लीला पौडेलको संयुक्त पहलमा संकलित सहयोगार्थ रकमलाई गरीब तथा नेत्र बिहीन पीड़ित देवेन्द्रपुर १० न.पा. माडीका ध्रुबराज अधिकारी लाई कार्यक्रमका प्रमुख अतिथि कालिका एफ एमका प्रवन्ध निर्देशक समेत रहेका स्थानिय सांसद बिक्रम पाण्डेको माध्यम द्वारा सहयोग रकम नेरु ३०१११(तीस हजार एक सय एघार)हस्तान्तरण गरेको छ ।
साँस्कृतिक तथा पर्यटकीय हिसावले पनि महत्वपूर्ण र धेरै संभावना बोकेको सुन्दर रमणिय प्राकृतिक सौन्दर्य लाई जगेर्ना गर्नु हामी सबैको कर्तव्य नै हो भन्ने भावनाका साथ उत्प्रेरित समाजसेवी बुद्धि प्रसाद बस्ताकोटी र डिल्ली राम चुवाईको संयुक्त पहलमा साप्ताहिक शालिग्राम महोत्सव सम्पन्न गर्नका लागी समाजले कथा वाचक युवा पण्डित सुदर्शन सुवेदीलाई नेरु १५,१११ हस्तान्तरण गरेको थियो । भने, समाजका सल्लाहकार पूर्णखर पौडेल ओम प्रसाद पौडेल, खगेश्वरी पौडेल र यमकला चुवाई लाई सोही कार्यक्रममा सामाजिक परोपकारी कार्यको उच्च मुल्याङ्कन गर्दै कार्यक्रमका प्रमुख अतिथि पाण्डेको सह्योगमा आयोजकले समाजलाई प्रशंसा पत्र प्रदान गरेको समाजका अध्यक्ष क्षेत्र प्रसाद देवकोटाले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %