भूकम्प पिडित राहात संकलन मगर संघ स्पेनको अपिल

Read Time:3 Minute, 23 Second

स्पेन सम्बादाता

  बार्सेलोना ,२६ अप्रैल – यो क्षणमा नेपाल मगर संघ स्पेन दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ । तथा घाइतेको उपचार र हराइरहेका नेपालीहरुको आकस्मिक उद्दारको लागी नेपाल सरकारले जती सक्दो चाडो उद्द्दार गरोस भन्ने मगर संघ स्पेन जोडदार माग राख्दछ ।

बर्तमान परीस्थितीलाई मुल्यांकन गर्दै नेपाल मगर संघ स्पेन पनि यो दुखत घडीमा भुकम्प पिडित नेपालीहरुको सहयोगार्थ राहत संकलन अभियान चलाईसकेको छ । यो अभियानमा सबै नेपाली दाजुभाई तथा दिदीबैनीहरुमा सहयोगको लागी मगर संघ स्पेन हार्दिक अनुरोध गर्दछ ।

  अध्यक्ष बुद्ध थापा मगरको संयोजकमा भुकम्प पिडित राहात आर्थिक सहयोग संकलन समिति बनाईएको छ । समितिमा उपाध्यक्ष , राजु थापा मगर ,उपाध्यक्ष ,मान रोका मगर ,महसचिब सुबास थापा मगर,सचिब,तपन रोका मगर,कोषाध्यक्ष ,श्रीमती लक्ष्मी थापा मगर,सह कोषाध्यक्ष राजु सेरपुन्जा मगर, सदस्यहरु: प्रदिप राना,राजेन्द्र सारु मगर ,रुपेश राम्जली मगर ,भरत बुदा मगर, दीपहादुर पुन मगर ,लेख पुन मगर र सल्लहकारहरु:महेन्द्र घती मगर,सुनिल थापा मगर र मदन आले मगर सहयोग संकलन का सदश्यमा चयन भएका छन ।

इन्दिरा रानामगर स्पेनको बार्सेलोनामा

  त्यस्तै युरोप भ्रमणमा आएको अवसरमा  मगर समुदायहरूको छोरी इन्दिरा रानामगरलाई मगर संघ स्पेनले, एक नेपाली रेस्टुरेन्मा बिशेष सम्मान गरेको छ । स्विडेनको ‘वल्र्डस चिल्डेन्स फाउन्डेसनले दिने “वल्र्डस चिल्डेन प्राइज” नोबेल पुरस्कारबाट अनरेरी अवार्डले सम्मानित  इन्दिरा राना मगर लाई अध्यक्ष बुद्ध थापा मगरले इन्दिराले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा आफुलाई हर्ष लागेको बताउँदै मगर संघ स्पेनले बन्दी सहायता नेपाललाई भबिश्यमा सहयोग गर्ने वचन दिएका थिए ।

कार्यक्रममा बोल्दै रानामगरले जेलमा रहेका बालबालिकाको उद्धार र पठनपाठनमा आफू लाग्नुको कारण बिस्तारमा खुलाएकी थिइन् । इन्दिरा राना मगरले जेलमा परेका अभिभावकका सन्तानहरुलाई कोठामै ल्याएर पालेको र यस्तै बेसहारा बच्चाबच्चीको मद्दत गर्दै जीवन बिताउने अठोट लिएकी र अहिले बिश्व बाल बालिका क्षेत्रको नोबेल पुरस्कारबाट अनरेरी अवार्डले सम्मानित भएकोमा खुशी व्यक्त गरे । 

फोटो:महेन्द्र घती मगर

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %