भूकम्प पिडित राहात संकलन मगर संघ युएईको अपिल

Read Time:2 Minute, 6 Second

युएइका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा अपिल

  युएइ, आज १२ बैशाख २०७२ दिन लम्जुङ जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको शक्तिशाली ७.९ रेक्टरको भूकम्पले देशभरी नै ठुलो मात्रामा मानब तथा धनजनको बिनास गरेको समाचारमाध्यम र बिभिन्न सामाजिक संजाल मार्फत सबैले जानकारी प्राप्त गरिसकेका छौ । 

यसको यकिन विवरण हुन सकिरहेको छैन र बेला बेलाको भूकम्पको धक्काले झन् जन जीवन अस्त ब्यस्त बनाइ दिएको छ भने मन भित्र त्रास पैदा गराइदिएको छ ।

यो क्षणमा नेपाल मगर संघ  यु ए इ दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ तथा घाइतेको उपचार र  हराइरहेका नेपालीहरुको आकस्मिक उद्दारको लागी नेपाल सरकारले जाती सक्दो सक्दो चाडो उद्द्दार गरोस भन्ने माग राख्दछ ।

बर्तमान परीस्थितीलाई मुल्यांकन गर्दै नेपाल मगर संघ युएईले पनि यो दुखत घडीमा भुकम्प पिडित नेपालीहरुको सहयोगार्थ राहत संकलन अभियान चलाईसकेको छ ।  र नेपाल सरकारका तर्फबाट प्रत्यक्ष प्रभाव पुग्ने गरी राहत वितरण होस भन्ने हेतुले उक्त अभियानलाई सहयोग गर्न र गराउन आफ्नो क्षेत्रबाट जति सक्दो सहयोग गर्न हुन केन्द्रीय कमिटिका सम्पूर्ण पदाधिकारीरु, सल्लाहकार, क्षेत्रीय कमिटिहरु, सुभचिन्तक सबैमा हार्दिक अनुरोध गर्दछ ।

भरत राना मगर

अध्यक्ष

नेपाल मगर संघ युएई

मिति १२/०१/२०१५

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %