देब पचभैया
८४ बर्षिय मिनबहादुर शेरचन सगरमाथा चढ्नका लागी लुक्ला तर्फ लागेका छन् ।
गैर आवसिय नेपाली संघ,युकेको प्रायोजनमा र हिमालयन गाईड्सको प्राविधिक सहयोगमा सगरमाथा चढ्न लागेको शेरचन लोकतन्त्रदिवसका दिन सगरमाथा चढ्नका लागी लुक्ला तर्फ लागेका हुन् । शेरचनलाई खेलकुद मन्त्रि पुरोषत्रम पौडलेले खादा ओडाएर विदाई गरेका थिए । विदाई गर्द उनले भने देशको नाम राखेर आउनेहोस बा हामी हाम्रो तर्फ बाट हुने सहयोग र सद्भावका लागी सदैव तयार रहेका छौ । विदाई कार्यक्रममा शेरचनका आफन्त लगाएत सर्वसाधाहरणले विदाई गरेका थिए ।
तर, सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछी शेरचनको वल्र्ड रेकडको उपाधी खोसिएको थियो । गएको बर्ष शेरचन सगरमाथा आरोहणका लागी सगरमाथाको क्याम्प १(६००० मि) सम्म गईसकेको थिए । तर प्रतिकुल मौसमका कारण आरोहण रद्ध गरी फीर्ता भएका थिए ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार शेरचन सगरमाथा चढ्नका लागी शारीरीक रुपले तन्दरुस्त रहेका छन् । सबै भन्दा पाको उमेरमा चढ्नका लागी गएको बर्ष क्याम्प १ सम्मतयारी साथ बसेका थिए । तर मौसम खराबीभएका कारण आधाशिवीर बाट फर्केका थिए । तर अहिले उनले सगरमाथा चढेर मात्रफर्कनेमा आफुहरु आशाबादी रहेको प्रबन्ध निर्देशक पौडेलले बताए । शेरचन भन्छन् अहिले सम्ममा आफ्नो स्वास्थय पुर्ण स्वस्थ रहेका कारण यो पटक सगरमाथा आरोहण गरेर मात्र फर्कने बताए ।
गैर आवसिय नेपाली संघ,युकेका नेपाल प्रतिनिधी दुर्ग बहादुर बुढा(सागर)ले भने नेपालको गौरब राखीसेका ब्यक्ती पुन सगरमाथा जस्तै विश्वमा नेपाल र नेपालीको गौरबलाई उच्च बनाउछु भन्ने उद्घोष गरे, त्यो कार्यलाई साथ दिनका लागी आफ्नो सस्थाले साथ दिएको बताए । आरोही शेरचन देशकै नाम विश्वमा उच्च राख्छु भने पछी आफ्नो सस्थाले उहाको आटलाई साथ दिएको बताए ।
आरोही शेरचनलाई ५ जना अनुभवी माउन्टेन गाईड सहित सगरमाथा आरोहण गर्ने तयारी रहेको निर्देशक पौडेलले बताए ।