पोखरामा लेकाली सोल्टिनी

Read Time:2 Minute, 5 Second

मनोज घर्तीमगर

गुरुङ सँस्कृतिमा आधारित नेपाली फिल्म ‘लेकाली रु’ अर्थात ‘लेकाली सोल्टिनी’को पोखरामा विशेष प्रदर्शन भएको छ । 

 

शनिबार भएको प्रर्दशनमा दर्शकको उल्लेख्य सहभागीता थियो । अठारसय खोला फिल्म प्रोडक्शन प्रालिले बनाएको फिल्ममा गुरुङ सँस्कृति र त्यहि सँस्कृतिका मानिसहरुबीचको प्रेम सम्बन्धलाई चित्रण गरिएको छ । मनास्लु ट्रेकिङ रुटमा पर्ने लाप्राक,  बारपाक, गुम्दा, आरुघाट र काठमाण्डौमा छायाङ्कन भएको छ । फिल्ममा वीरबल गुरुङ र अनुता गुरुको भुख्य भूमिका छ भने, बुध गुरुङ, आईतराम गुरुङ सब्बु गुरुङ राज गुरुङ, प्रमे गुरुङ र खेम काले गुरुङले अभिनय गरेका छन् । सामान्यता बनिरहने गुरुङ सँस्कृतिको फिल्मका तुलनामा ‘लेकाली रु’ मेकिङको हिसाबले उत्कष्ट बनेको निदेशक प्रितम गुरुङले दाबी गरे ।

आँशु लामाको संगीत रहेको फिल्मको गीतहरुमा आँशु लामासँगै गायिका शान्ति गुरुङले गाएकी छन् । गोबिन्द्र प्रभात र मनाङ गुरुङको कोरियोग्राफि गरेको फिल्ममा जनक गुरुङको द्वन्द निर्देशन तथा अभिषेक माझिले खिचेका हुन् । फिल्मलाई निर्माण कम्पनीले यसअघि काठमाण्डौमा २ पटक, गोरखा बजार, आरुघाट बजार, डुम्रे, नवलपरासी लगाएतका स्थानमा प्रदर्शन गरिसकेको छ ।

चाँडै फिल्मलाई प्रदर्शनको लागि विदेशी बजारमा लगिने निर्माण कम्पनीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %