कृष्ण सारू मगर
बहराईन २० अप्रिल आँसुसेन फिल्म प्रोडक्शनले चंखे, शंखे, पंखे नेपाली कथानक चलचित्रलाई गत १७ अप्रैल २०१५ शुक्रबारका दिन बहराईन स्थित इन्डियन क्लवको हलमा नेपाली क्लव बहराईनको विषेश सहयोगमा बहराईनमा पहिलो पटक प्रदर्शन गरेको छ ।
चंखे, शंखे, पंखे नामक चलचित्रले सिङ्गो देशमा भैरहेको वर्वरता, घट्नामा आधारित सामाजिक जनचेतनात्मक संगै भरपुर मनोरञ्जन साथै राष्ट्रियताको गहन बिषय लाई समेटिएको समसामहिक प्रस्तुतिले वर्तमान अवस्थालाई राम्रो चित्रण गरेको साथै बालक, यूवा, बृद्ध, स परिवारका साथ हेर्न सकिने अत्यन्तै रोचक रहेको फिल्म हेर्न आउने उपस्थित दर्शकहरुले प्रतिकृया दिएका थिए ।
प्रवन्ध निर्देशक सन्तोष सेन, सुर्दशन थापा, द्धारा निर्देशित उक्त चलचित्रमा नायक सन्तोष सेन रहेका छन भने मुख्य नायिका पूजा शर्माको भुमिकाले विज्ञान र प्रविधि लाई ध्यानमा राख्दै समय सापेक्ष सुचना संचार अहिलेको आवस्यकता लाई चित्रण गर्दै राष्ट्रियताको गहन बिषय लाई अझै सुनमा सौगन्ध थपिदिएको छ ।
अन्य कलाकारमा सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी, बिक्रम मल्ल सहितका कलाकारहरूले उक्त चलचित्रमा महत्वपुर्ण भुमिका निभाएका छन् । सो चलचित्रमा कलाकार नयाँ अनुहारका देखियता पनि उनीहरूको कलाकारहरुको अभिनय भने जिवन्त भएको दर्शकहरुको भनाई थियो ।
चलचित्र प्रदर्शनको लागी नेपाल बाट निर्देशक सन्तोष सेन, सुर्दशन थापा, नायिका पूजा शर्मा, लोक बिक्रम मल्ल, आएका थिए । विगत लामो समय देखी बहराईन मै अस्थाई बसोवास गर्ने सो, चलचित्रमा अभिनय गर्ने मल्ल र अहोरात्र खटेर चंखे, पंखे, शंखेको चलचित्रलाई बहराईनमा प्रदर्शनका लागी कृष्ण हमाल ठकुरी र बिक्रम मल्लले दुवैको भुमिका रहेको छ ।
चंखे, शंखे, पंखे चलचित्रको दर्शक तथा शुभेच्छुक हरूको माग लाई ध्यानमा राखेर पुनः यही आउँदो २३ अप्रैल अस्कर स्थित जीसीसी कंपनीको खेलकुद प्राङ्गणमा दोस्रो शो, प्रदर्शन गर्ने तैयारी भएको छ भने, लगत्तै अन्य देशहरुमा पनि प्रदर्शन गरीने प्रवन्ध निर्देशक सेनले बताएका छन ।
तपसिल समय र स्थान
यहि आउँदो २३ अप्रैल २०१५ बिहिबार
समयः साँझ ६.०० बजे
टिकट दरः सह्योगार्थ बिडी २/ मात्र