कृष्ण सारू मगर
बहराईन, १९ अप्रैल – प्रवासी नेपाली मञ्च बहराईनले सित्तल नेपाली रेस्टुरेन्टको सभाकक्षमा गत १७ अप्रैल शुक्रबारका दिन एमालेका केन्द्रीय नेता तथा पुर्व संसद रामनाथ ढकालको १३ औ पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष दुर्गा बहादुर गिरीले कार्यक्रमको सभापतित्व गरेका थिए भने, महासचिव शालिगराम पन्त र सचिव राजु प्रसाद भट्टराईले संयुक्तरूपमा कार्यक्रम संचालन गरेका थिए ।
स्व. ढकालको तस्विरमा पुष्पञ्जली अर्पण गर्दै उपस्थित सबैले ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेट मौन धारण पश्चात कार्यक्रम औपचारिक रुपमा अघि बढेको थियो ।
टंकबहादुर वाईबा,हरी श्रेष्ठ लगायत सबैले आ-आफ्ना धारणा राखेका थिए भने, स्व. ढकालका जीवनी, समाज प्रतिको लगाव, प्रगतिशिल बिचार र सिद्धान्तलाई कार्यक्रममा अचुत प्रसाद पौडेलले प्रष्ट पारेका थिए ।
सभापति गिरीले कमरेड स्व. ढकालको महान विचारलाई पार्टीको नेतृत्व तथा कार्यकर्ताले अनुसरण गरेर सिङ्गो उपेक्षित नेपाली जनतालाई राज्यसत्ताको मालिक बनाउन अनुरोध गर्दै औपचारिक कार्यक्रम सम्पन्न गरेको मञ्चका उपाध्यक्ष अचुत प्रसाद पौडेलले राज्यसत्ता डटकमलाई जानकारी दिए ।