कृष्ण सारू मगर
बहराईन ,१८ अप्रैल – सित्तल नेपाली रेष्टुरेन्टको सभाहलमा १७ अप्रिल २०१५ शुक्रवारका दिन बाग्लुङ सेवा समाजले हर्कबहादुर बिकलाई समाजले बिदाई गर्दै सोही अवसरमा नेपाल संवत वर्ष २०७२ को भित्तेपात्रोलाई विमोचन गरेको छ । प्रथम उपाध्यक्ष समेत रहेका जिवन रोका मगरले उक्त कार्यक्रमको संचालन गरेका थिए भने, लालबहादुर पाठक सभाध्यक्ष र यूवराज केसी विषेश अतिथि रहेका थिए ।
भित्तेपात्रोलाई उपस्थित विशिष्ट ब्यक्तित्वहरूले संयुक्त रूपमा विमोचन गर्दै सोही कार्यक्रम मै स्वस्थ रहौँ, बाग्लुङको लागी केही गरौँ भन्ने मुल नाराका साथ समाजिक अवधारणा बोकी स्थापित समाजलाई स्थापनाकाल देखी निरन्तर समाज प्रति कटिवद्ध रहेर दिएको योगदानको उच्च मुल्याङकन गर्दै हर्क ब बिकलाई सम्मान स्वरूप मायाँको चिनो ताम्रपत्रलाई मानर्थ जितु खड्का, एवंम सभाध्यक्ष पाठकले संयुक्त रूपमा प्रदान गरेका थिए ।
संस्थाका पदाधिकारीहरूले संस्था स्थापना गर्नुको मुख्य लक्ष, उदेश्य बारे प्रष्टयाउँदै आ-आफ्ना भनाईहरू राखेका थिए भने, मानर्थ जितु खड्काले थप्दै भने समाज बिकाशको लागी कुनै, जाति, धर्म वा राजनैतिक पार्टीमा आस्थावान भएता पनि सबै बाग्लुङवासीहरू एकजुट रहे जस्तो सुकै जटिल समस्याहरूको पनि समाधान गर्न सकिने सुझायका थिए ।
अन्त्यमा बाग्लुङ कालिका मन्दिरको पवित्र स्थलको हाता भित्र सह्योगी दाताहरूको नामावली सहित घण्टा राखेको समेत समाजका संस्थापक अध्यक्ष पाठकले जानकारी गराउँदै समय अभाव वाबजुद पनि उपस्थित सबैलाई नेपाली नव वर्ष २०७२ को उपलक्षमा शुभकामना ब्यक्त गर्दै, कार्यक्रम समापन गरेका थिए ।