बहराईनमा तमु समाजले सम्मान गर्यो

Read Time:3 Minute, 46 Second

कृष्ण सारू मगर

  बहराईन, १७ अप्रैल – नेपाली क्लव बहराईनको सभाहलमा तमु समाजले गएको १ जनवरी २०१५ मा २५९८औँ तमु ल्होसार पर्व लाई भब्य रूपमा सम्पन्न गर्नकालागी सह्योग गर्ने सह्योगदाता, कलाकार तथा मिडिया कर्मी साथै विशिष्ट महानुभावहरूले दिएको योगदानलाई मुल्याङ्गकन गर्दै १६ अप्रैल २०१५ का दिन एक विषेश कार्यक्रम गरी नेपाल संवत २०७२को शुभकामना सहित भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली कथानक चलचित्र चंखे, शंखे, पंखे टिमका कलाकार विषेश अतिथि थिए भने, गैर आवाशिय नेपाली संघ, नेपाली क्लव, साथै अन्य विशिष्ट ब्यक्तिहरू साथै पत्रकारहरू अतिथि थिए । भेटघाट तथा सम्मान कार्यक्रमको अध्यक्षता ज्ञानेन्द्र तमुले गरेका थिए भने दिपक गूरूङले कार्यक्रम संचालक गरेका थिए ।

सोही अवसरमै संस्थापक तथा वरिष्ठ समाजसेवी गम गुरूङले IAF Singing IDOL २०१४ उपाधि बिजेता सरला पुन मगर लाई मौलिक कला संस्कृति जगेर्ना प्रति थप हौसला र प्रेरणा मिलोस भन्ने हेतुले ब्यक्तिगत तर्फ बाट पनि रकम सह्योग गरेका थिए ।

समाज तन, मन, वचन र कर्मले अत्यन्तै कृयाशिल कलाकार तथा सह्योगी मन र हातहरू प्रति हृदय देखी कृतज्ञ रहेको र आगामी दिनहरूमा पनि यसरी नै निरन्तर सद्भाव, सह्योग, समर्थन अटुट रहने पुर्ण विश्वास गर्दै, सभाअध्यक्ष ज्ञानेन्द्र तमु र संस्थापक गम गुरूङले संयुक्त रूपमा सबैलाई सम्मान स्वरूप कदर पत्र वितरण गरेका थिए ।

आगन्तु पाहुनाहरू लाई बिशेष धन्यावाद दिँदै शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानवको सहःअस्तित्व चिनारी हराउँछू भन्ने सन्देश बाँड्न आफु सदैव कटिवद्ध रहने बताउँदै सभापति तमुले नेपाल संवत २०७२को शुभकामना दिँदै पहिलो चरणको औपचारिक कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रम सफलताको लागी साँस्कृतिक कार्यक्रम संचालक लोक तथा दोहरी चर्चित गायक अशिम महत र सुमधुर स्वरकी धनि IAF Singing IDOL २०१४ को उपाधि बिजेता सरला पुन मगरको दोहरी गीतले उपस्थित बालक, यूवा बृद्ध सबैलाई झम,झम नचाउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

उपस्थित सम्पुर्ण अतिथिगणहरू एक आपसमा भेटघाट शुभकामना आदान प्रदान संगै कलाकार करन थापा मगर, अशिम महत, विश्व बिनोद र सरला पुन मगरको गीत संगीतले प्रदेशी भुमीमा रहेता पनि साँगीतिक भरपुर मनोरन्जनले जन्मभुमि मै रहेको अनुभुति दिलाएको समाजका प्रवक्ता पदम गुरूङले बताएका थिए । यसरी तमु समाजले सम्मान, भेटघाट तथा शुभकामना कार्यक्रमलाई सम्पन्न गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %