पत्रकार पोखरेल माथि दुर्व्यवहार प्रेस – विज्ञप्ती

Read Time:6 Minute, 8 Second

देव गुरुङ भन्छन प्रमाणित गर !

लन्डन ,१५ अप्रिल २०१५ – बेलायतमा कार्यरत नेपाल पत्रकार महासंघ बेलायतका निवर्तमान अध्यक्ष ,विनेपाली अन्लाइनका प्रधानसम्पादक,कान्तिपुर दैनिकका युकेका संवाददाता  नविन पोखरेलाई साउथ ह्यारो स्थित गोल्डेन शीप रेस्टुरेन्टका सन्चालक देव गुरुङ्ले  समाचार संकलन गर्न रोक लगाउँदै दुर्ब्यबहार गरेको आरोप लगाएका छन ।

उनले उक्त घटना बारे महासंघमा जानकारी दिएका छन । यस् बिच नेपाल पत्रकार महासंघ बेलायतले उक्त घटना प्रती गम्भिर आपत्ति प्रकट गर्दै प्रेस विज्ञप्ति मार्फत दुर्व्यवहारको भर्त्सना गरेको छ । महासंघले सो घटनाका बारेमा छानविन गरी दुवै पक्षसँग सहकार्य मार्फत समाधान निकाल्न आफू तयार रहेको पनि बताएको छ ।

विज्ञप्तिमा महासंघले सो रेस्टुरेन्ट र सम्बन्धित संचालकलाई भविष्यमा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता सार्वजनिक गर्न आह्वान गरेको छ । यदि त्यसो नगरिएमा उक्त रेस्टुरेन्टमा हुने कुनै पनि सार्वजनिक कार्यक्रमको समाचार संकलन नगर्न पत्रकारहरु बाध्य हुने कडा चेतावनी पनि दिएको छ । साथै बेलायतस्थित नेपाली समुदायलाई आगामी दिनहरुमा यस्ता घटनाहरु हुन नदिन सजगता अपनाउन पनि महासंघले अपिल गरेको छ ।

शाखाका महासचिव श्याम लुईटेलले आज एक विज्ञप्ति जारी गर्दै समाचार संकलनमा रोक लगाउनु निन्दनीय र प्रेस स्वतन्त्रता माथिको हनन भनेका छन् । विज्ञप्तीमा ‘बेलायतजस्तो प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएको मुलुकमा समाचार संकलनमा रोक लगाउनु निन्दनीय र प्रेस स्वतन्त्रता माथिको हनन हो भन्ने हाम्रो ठहर विज्ञप्तिमा उल्लेख’ गरिएको छ ।

तर रेस्टुरेन्ट संचालक देव गुरुङले भने पत्रकार पोखरेललाई आफुले दुर्व्यवहार नगरेको बताएका छन् । उनले एक व्यक्तव्य जारी गर्दै ‘पत्रकार पोख्रेल माथि लण्डनमा दुरव्यवहार,समाचार संकलनमा रोक‘ शिर्षकमा छापिएको समाचार प्रति ध्यान आकार्षण भएको’ जनाउदै समाचारमा उल्लेख भए वमोजिमका कुराहरुको खन्डन  गरेका छन । उनले  पत्रकारीता जस्तो मर्यादित पेसालाई गलत रुपमा प्रयोग नगर्न समेत आग्रह गरेका छन्’ ।

गुरुङले ‘पत्रकार पोखरेललाई कुनै अपमान वा दुरव्यवहार नगरेको बताउदै सिसिटीभी फुटेज देखाउन सकिने भन्दै आरोप प्रमाणीत गर्न चुनौती दिएका छन् । उनले पोखरेललाई सो कार्यक्रममा निमन्त्रणा नगरिएको समेत जिकीर गरेका छन् । उनले सामान्य घट्नालाई अतिरन्जित गरिएको बताउदै घट्नाको सत्यतथ्य वाहिर ल्याउन गुरुङले आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ यु.के शाखाको पूर्ण पाठ पढ्नुहोस् ।

 नेपाल पत्रकार महासंघ

 युके शाखा 

 प्रेस विज्ञप्ति  

 नेपाल पत्रकार महासंघ युके शाखाका निबर्तमान अध्यक्ष, कान्तिपुर दैनिकका युकेस्थित सम्बाददाता तथा वीनेपाली डटकमका प्रधानसम्पादक नविन पोख्रेलले नेपाल पत्रकार महासंघ युकेमा लण्डनस्थित गोल्डेन शीप रेस्टुरेन्टले समाचार संकलन गर्न रोक लगाउँदै दुर्ब्यबहार गरेको भन्दै आपत्ति प्रकट गर्दै दिनुभएको जानकारीप्रति नेपाल पत्रकार महासंघ युके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।  

शाखाका पूर्व अध्यक्ष तथा युकेमा सुपरिचित पत्रकार पोख्रेलमाथि गरिएको त्यस प्रकारको दुर्ब्यबहारको शाखा भर्त्सना गर्दछ । बेलायतजस्तो प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएको मुलुकमा समाचार संकलनमा रोक लगाउनु निन्दनीय र प्रेस स्वतन्त्रता माथिको हनन हो भन्ने हाम्रो ठहर छ । सो घट्नाको छानविन गरी दुवै पक्षसँग सहकार्य गर्न पनि शाखा तयार रहेको यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ । 

नेपाल पत्रकार महासंघ युके सो रेस्टुरेन्ट र सम्बन्धित संचालकलाई भविष्यमा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता सार्वजनिक गर्न पनि आह्वान गर्दछौँ । यदि त्यसो नगरिएमा उक्त रेस्टुरेन्टमा हुने कुनै पनि सार्वजनिक कार्यक्रमको समाचार संकलन नगर्न समेत हामी बाध्य हुने जानकारी पनि गराउछौँ ।  
 बेलायतस्थित नेपाली समुदायलाई आगामी दिनहरुमा यस्ता घटनाहरु हुन नदिन सजगता अपनाउन पनि हामी अपिल गर्दछौँ । 
 श्याम लुइँटेल  
महासचिव  
१५ अप्रिल २०१५
इमेज :-नबिनको फेसबुकबाट साभार 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %