देब पचभैया
पाल्पा, चैत्र २९ – आफुलाई ठक्कर दिने ट्रक चालकलाई कारबाही गर्नु साटो उल्टै प्रहरीबाट दुब्र्यवहार भएको भन्दै दोसीलाई कारबाही र क्षति पुर्ती दिलाईदिन पिपलडाँडा ७ पाल्पाका २७ वर्षिय लोकवहादुर गाहा र २८ वर्षिया पुनम रानाले सबै संग आग्रह गरेका छन् ।
स्याङ्गजाको वालिङ्गबाट गएको २७ गते घर फर्किदै गर्दाआफुहरु सवार ग ८ प ४४४३ नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आएको ना २ ख २८९२ नम्बरको ट्रकले ठक्कर दिदा आफुहरु घाईते भएको घटनालाई ट्रक चालक र राम्दी प्रहरीचौकीको मिलेमतोमा गलत विवरण बनाई उल्टै आफुहरु लाई नै दोषी देखाएर प्रहरीले ट्रक र चालकलाई छाडिदिएको उनीहरुको आरोप छ ।
दुई दिन सम्मको उपचार पछि घर फर्किएका उनीहरुले आईतबार तानसेनमा पत्रकार सम्मेलन गरी आफुहरुको अस्पतालमा उपचार भैरहेको बेला दोसीलाई कारबाही गर्नु साटो ट्रक र चालकलाइ प्रहरीले छाडेको बताएका छन् ।
अस्पतालमा १५ हजार २ सय ७९ खर्च भएकोमा १० हजार ३ सय ४३ रुपैया प्रहरी आएर तिरिदिएको अस्पतालले जानकारी दिएको घाईते पुनम रानाले जानकारी दिए । बाकी ४ हजार ९ सय ३६ र दुर्घटनामा उद्धार गर्ने गाडीलाई १ हजार आफुले तिरेको उनको भनाई छ ।
यदि ट्रकको गल्ती थिएन भने किन प्रहरीले अस्पतालमा पैसा तिरिदियो ? घाईते पुनमले भनिन् चालक र प्रहरीको मिलेमतोमा हामीलाई दोशी बनाईएको छ । प्रहरीले रोकेको ट्रक माथि स्कुटर ठोक्किएको गलत रिपोर्ट बनाएको उनको आरोप छ ।
पत्रकार सम्मेलनमा अर्का घाईते लोक बहादुर गाहाले आफ्नो साथमा रहेको १५ हजार भारु मध्ये हजारका ६ वटा नोट हराएको तर पाच सयका नोट सुरक्षित रहेको बताए ।
दुर्घटना पछि म अचेत रहेछु, उनले भने“साथको पैसा कसले निकाल्यो जानकारी भएन । ” उनले स्कुटर चलाएका थिए ।
पत्रकार सम्मेलनमा घाईते पुनमका श्रीमान रेवत रानाले घटनाको बारेमा राम्दी प्रहरी चौकीमा बुझ्न जादा उल्टै प्रहरीले दुब्र्यवहार गरेको आरोप लगाएका छन् । गाडी नम्बर सोध्न थाल्दा तिम्रो मान्छेको गल्ती छ भन्दै प्रहरीले आफुले लगाएतको लुगा समातेर धकेलेको उनको भनाई छ ।
दुर्घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी निरिक्षकलाई भेट्न खोज्दा पनि उल्टै उनले थर्काएर पठाएको रेवतको गुनासो छ ।
आफुलाई देख्ने बितित्कै तिमिले हो गाडी चलाएको ? चलाउन आउदैन भने किन चलायौ, तिम्रो गल्ती छ, क्षतिपुर्ती पाउदैनौ , जहा जाने जाउ भन्दै प्रहरी निरिक्षकले आफुलाई दुब्र्यवहार गरेको उनले बताएका छन् ।
आफुले डिएस,पि सापलाई भेट्छु भन्दा किन चाहियो डिएसपि भन्दै थर्काएको उनले बताए । रेवत संगै प्रहरी कार्यालय पुगेका उनका वुवालाई पनि प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले ए बुढो रक्सी खाएर आउछन्, थुनिदिउ भन्दै धम्क्याएको उनीहरुले बताएका छन् ।
प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले भने आफुले उनीहरुलाई गाली नगरेको बताएका छन । राम्दी चौकीले स्कुटरकै गल्ती भएको आफुलाई जानकारी दिएकाले आफुलाई भेट्न आएको बेला क्षति पुर्ति दिन मिल्दैन मात्रै भनेको चौधरीले जानकारी दिए ।