काईंलालाई जीबसीमले सम्मान

Read Time:4 Minute, 22 Second

घर्ति मगरलाई जीबसीम र आले मगरलाई हितान पुरस्कार प्रदान

राज्यसत्ता,

  मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्धारा काठमाडौंमा प्रदान गरिएको पुरस्कार वितरण समारोहमा सदियौंदेखि बहिष्करणमा पारिएका मातृभाषा संरक्षण, प्रवद्र्धन र विकासको लागि मातृभाषा साहित्य लेखनप्रति राज्यको उत्तरदायित्वबोध सहित नेपालको इतिहासमा पहिलोपटक नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा विभाग गठन गर्न अग्रणी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईलालाई विशेष अतिथी नेपाल मगर संघ, काइके मगर भाषिक उपाध्यक्ष भीम रोका मगरले फेटा गुंथेर मगर गादो पहिराएर सम्मान गरिएको थियो  ।

  नेपाल मगर संघ (नेपाल लाङ्घाली परिवार) का संस्थापक सचिव स्व. जयबहादुर हितान मगरको स्मृतिमा उनका जेठा छोरा विजय हितान मगरद्धारा स्थापित जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७०, नेपाल मगर संघ (नेपाल लाङ्घाली परिवार) तथा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव, आदिवासी अभियन्ता सुरेश आले मगरलाई प्रमुख अतिथी वरिष्ठ साहित्यकार बैरागी काईंलाले रु. २०,०००/ – नगद सहित प्रमाणपत्र प्रदान गरियो ।

  अठार मगर खाम भाषामा च्याङसीऊपरी–२०६८ (उठ्नुपर्छ), कविता संग्रह, सोच्वोके–२०६६ (व्युँझनु) गजल संग्रहका सष्ट्रा उवा–८, मालागिरी, रोल्पा निवासी बोमबहादुर घर्ति मगर ‘अवतार’ लाई रु. ४५,०००/ – नगद तथा प्रमाणपत्र सहितको जीबसीम साहित्य पुरस्कार–२०७०, र मगर भाषामा भाराक्च सुटा–२०६६ (चुंडिएको धागो), ग्याच नाम्खान–२०६६ (रातो सुर्य), सोहोयाप–२०६७ (जागौं) तीनवटा कथा संग्रह र सेहेच लामाङ ह्वाईङ–२०६८ (राम्रो बाटोमा हिंडौं) निवन्ध संग्रहका स्रष्ट्रा कृष्णगण्डकी–७ छाप, स्याङजा निवासी उमा सोमै राना मगर ‘सानु’ लाई जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७०, मगर संघ युकेका अध्यक्ष तथा समाजसेवी, साहित्यकार चिमखोले काईंला (दुतबहादुर गर्बुजा पुन मगर)द्धारा स्थापित रु. १०,०००/ – नगद र प्रमाणपत्र प्रमुख अतिथी काईंलाले प्रदान गरेका थिए ।

  जयबहादुर हितान मगर स्मृति पुरस्कार कोष संरक्षक विजय हितान मगर, जीबसीम नवप्रतिभा साहित्य पुरस्कार कोष संरक्षक दुतबहादुर गर्बुजा पुन मगर, कोष संरक्षक सदस्यहरु मगर संघ युके, पूर्व आइजिपि कुबेरसिं राना मगर र मगर संघ युकेका महासचिव बोम सुर्यबंशी थापा मगरलाई ट्रफी र प्रमाणपत्र प्रमुख अतिथी काईंलाद्धारा प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक माकिम मगरले स्वागत मन्तव्य अतिथि सुलोचना मानन्धर, नवराज लम्साल, कुबेरसिं राना मगर, र पुरस्कृत व्यक्तित्व सुरेश आले मगर, बोमबहादुर घर्ति मगर र उमा सोमै राना मगरले मन्तव्य व्यक्त गरिएको कार्यक्रम सञ्चालन संगम पुलामी मगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %