रुकुममा आदिबासी जनजाती कला, सास्कृतिक महोत्सब

लोकमान पुन मगर

रुकुम, आदिबासी जनजातीहरुको कला, भाषा, ईतिहास, संस्कार, संस्कृतिको प्रबर्द्धन तथा प्रदर्शन गर्ने उदेश्यले रुकुम जिल्लामा पहिलो पटक आदिबासी जनजाती कला सास्कृतिक महोत्सब हुन लागेको छ । २०७२ बैषाख १ देखी ५ गते सम्म सनचालन हुने उक्त महोत्सबको नारा ईतिहास, भाषा, कला, सस्कृति जनजातीको पहिचान कृषि पशुपालन जडिबुटी र पर्यटन विकासमा हाम्रो अभियान तय गरिएको छ । रुकुम जिल्ला तथा आसपासका जिल्लाहरुमा रहेका आदिबासी जनजातीहरुका पहिचान झल्कने विभिन्न झाक्रि नाचहरु उनिहरुका प्रथा परम्परा खर्क गोठहरु र अल्लो तथा भेडाका ऊनहरु त्यसलाई हस्तकला प्रयोग गरि निर्माण गरिएका झोला टोपी बख्खु राडीपाखी फेर्या खादि लगायतका सामाग्रीहरुको प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । नेपाल आदिबासी जनजाती महासंघ रुकुमका अध्यक्ष पहलसिंह घर्ती मगर को अध्यक्षतामा ४५ सदस्य मुल आयोजक समिति रहेको उक्त आदिबासी जनजाती कला सास्कृतिक महोत्सबको तयारी अन्तीम चरणमा पुगेको अध्यक्ष घर्तीले बताए । उनले भने रुकुममा जति पनि महोत्सबहरु आयोजना गरिएको भएता पनि रुकुमको ईतिहासमा नमुना र गर्ब गर्न लाएक महोत्सब हुने बताए । सबै आयोजक आदिबासी जनजातीहरु र सहयोगी निकायहरु छन भने महोत्सब स्थल तकसेराको मुहार फेर्नको लागी यातायात भौतिक पुर्वाआधार मुल द्धारमा पक्की गेट पक्की मन्च निर्माणमा स्थानिय बासीहरुले श्रमदान गरी निर्माण गरेका छन ।
५ दिन सम्म चल्ने उत्त महोत्सबको उद्घाटन सम्माननिय प्रधानमन्त्री शुसिल कोईराले गर्ने तय गरिएको बताईएको छ । महोत्सब अबधीमा आदिबासी जनजातीहरुको पहिचानमा झल्कने विभिन्न खेलकुदहरु धनुषबान , साहासिक घोडा दौड, म्याराथुन, साढे जुधाई, जिल्लाकै सर्वाधिक (१,१०,०००) पुरस्कार भएको खुल्ला राष्ट्रिय भलिवल प्रतियोगीता, गुरिल्ला पदयात्रा पहिचानमा आधारित झाँकि नाच लगाएतका प्रतियोगीताहरु आयोजना पनि गरिएको छ । मगर बस्ती तकसेरामा आयोजित महोत्सब हेर्न आउने आगुन्तुक पाहुनाहरुले ब्यबस्थित घरबास होमस्टे को अबधारणामा रहेर पाहुनाको रुपमा रहनेछन यसको तयारी पुर्ण रुपमा गरिएको अध्यक्ष घर्तीले बताए । यहि कुराको मध्यनजर गरि १ साता अगाडी होमस्टे तालिमा सन्चालन गरिएको थियो । खानाको रुपमा एकदम अग्रानिक लोकल ढिडो सिस्नो सिनकी भेडा च्याङ्ग्रा लोकल कुखुराको मासु खान पाउन सक्नुहुनेछ खाजाको रुपमा मकै र भटामासको खाजा हुनेछ ।
आदिबासी जनजातीहरुको मौलिकता देखाउन यो गर्न लागीएको हो । यति मात्र होईन आफ्नौ मौलिकता झल्काउनको लागी च्योया र अल्लो, भेडाको उनबाट निर्माण भएको फेर्याहरुबाट १०० भन्दा वढि स्टलहरु निर्माण गर्न लागीएको छ । त्यस्तै महोतसबमा मगर तथा गुरुङहरुको सालईजो भाकाका चर्चित राष्ट्रिय गाएक राजु गुरुङ लगाएत कलाकार टिमले सास्कृतिक कार्यक्रम पनि रहने आयोजकले जानकारी दिएको छ । महोत्सब स्थल सदरमुकामबाट २६ कोस टाढा पर्छ । साथै सरकारी कार्यलयबाट प्रदान गरिने विभिन्न सरकारी सेवा नागरिकता वितरण मतदाता नामावली परिचय पत्र वितरण अपाङ्ग परिचय पत्र जस्ता घुम्ती सिविर सन्चालन गरिने भएको छ । जिल्ला कृषि कार्यलयले महोत्सब को अबसरमा कृषि मेला पनि संन्चालन गर्ने भएको छ ।