मनोज घर्तीमगर
सार्क राष्ट्रका दुई स्रस्टाको नेपाली आधुनिक एल्बम नेपाःश्री एल्बम बजारमा आएको छ ।
नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यु. एम. सेनेभिरत्न, फिल्म निर्देशक चेतन कार्की, र साहित्यकार प्रकाश सायमीले शनिबार पोखरामा एल्बम लोकार्पण गरे ।
एल्बममा नेपालका गीतकार दुर्गाबहादुर शाह बाबाको रचना र श्रीलंकाका गायक तथा संगीतकार डा. प्रबाथ निलन्त पेइरिसको स्वर र संगीत छ ।
आठ गीत समावेश एल्बमको बजार प्रवद्र्धन म्यूजिक नेपालले गरेको छ ।