दिपाली हङकङ व्युटी ट्यालेन्ट

Read Time:1 Minute, 51 Second

मनोज घर्तीमगर

हङकङ व्यूटि ट्यालेन्ट–२०१५ को उपाधी दिपाली परियारले जितेकी छिन् ।

१० प्रतियोगिहरुलाई पछि पार्दै पोखरा न्युरोडकी परियारले सातौं संस्करणको उपाधी जितेकी हुन् । उनले वेष्ट वाकको टाईटल समेत जितिन् । लेखनाथ बुढीबजारकी गती थापा मगर फष्ट रनर अप, नयाँबजारकी निहा गुरुङ सेकेण्ड रनर अफ भईन् । भिओर च्वाईसको टाईटल चितवनकी सोनि थिङले पाइन् ।

विजेताहरुलाई गत बर्षकी विजेता निशा भट्टराई, फष्ट रनरअफ बन्दना गुरुङ, राष्ट«िय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, हङकङ हर्वल व्युटि ईन्स्टिच्युटका निर्देशक मिना गुरुङ लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा १७ देखि २४ बर्ष उमेर समुहका ११ जनाले सहभागिता जनाएका थिए ।

महिलाको व्यक्तित्व र क्षमता पहिचान सँगै महिला सशक्तिकरण गर्न प्रतियोगितालाई निरन्तर गरिएको निर्देशक गुरुङले बताईन । राष्र्टि«य सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी, ज्ञानु बाबा आवासिय उच्च माविका साहायक प्रिन्सिपल बाबुराम सुवेदी, फष्ट मिस हङकङ तथा सन् २०१० का मिस कल्चर नेपाल सुरया गुरुङ, सञ्चारीका समुह पश्चिमाञ्चलकी उपाध्यक्ष जमुना शर्मा (बर्षा) प्रतियोगीताको निर्णायक थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %