बाट प्राप्तपाल्पाको ताहुँ गाविसमा जन्मेकी संगीनी रानामगरले कक्षा ९ मा अध्ययन गर्दादेखि नै मगरहरुको हकहितका लागि आवाज उठाउादै आएकी हुन् । उनी सन् २०११ देखि नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाको अध्यक्ष पदको जिम्मेवारीमा छिन् । नेपालका आदिवासी जनजाति, लोपोन्मुख अवस्थामा रहेका राउटेलगायत विभिन्न जातजातिहरुको अध्ययन अनुसन्धानमा सक्रिय भूमिका खेल्दै आएकी रानाले ‘सेभ द चिल्ड्रेन’नामक संस्थामा नौ वर्ष काम गरिन् भने नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा तीन वर्षसम्म वरिष्ठ अधिकृतको जिम्मेवारी बहन गरिन् ।
आदिवासी जनजाति महिला अधिकार सम्बन्धमा थुप्रै कमल चलाईसकेकी रानाले ‘आदिवासी जनजाति महिला आवाज’नामक पत्रिका प्रकाशन समेत गरेकी थिइन् । नेपालमा रहादा उनी थुप्रै संघ संस्थामा आबद्ध भई आदिवासी जनजाति महिलाहरुको हकअधिकारका लागि आवाज उठाएकी थिइन् । सन् २०१० मा अमेरिका पुगेकी रानाले अमेरिकामा रहेका आदिवासी जनजाति महिलाहरुलाई संगठित गर्दै नेपाल आदिवासी जनजाति महिला महासंघको स्थापनामा सक्रिय भूमिका खेलिन् ।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र महिला अध्ययन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी रानाले हाल अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयमा मास्टर्स डिग्री गर्दैछिन् । आदिवासी जनजाति महिलाहरुको सवालमा अहोरात्र खट्दै आएकी संगीनी रानामगर पारिवारिक भेटघाटको क्रममा बेलायतमा आउदा उनीसाग नेपाली आदिवासी जनजाति महिलाहरुको आवाजका सम्बन्धमा एभरेष्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको छोटो कुराकानीको सम्पादित अंश ।
तपार्इंको बेलायत भ्रमणको उद्देश्य ?
मेरो आमा बेलायतमै हुनुहुन्छ । अहिले उहाँलाई त्यति सञ्चो पनि छैन । तर मैले नभेटेको करिब पाँच वर्ष जति भयो । त्यसैले आमालगायत सबै आफन्तजनहरुलाई भेट्न बेलायत आएकी हुँ । मेरो भ्रमण विशुद्ध पारिवारिक भेटघाटमा केन्द्रित भए तापनि धेरै वर्षदेखि आदिवासी जनजाति महिलाहरुको आन्दोलनमा संलग्न हुादै आएकीले पनि मैले यहाँ मगर महिला संघ यूके र नेपाल आदिवासी जनजाति महिला महासंघ यूकेका केही साथीहरुसाग छलफल र अन्तक्र्रिया गर्ने मौका पाएँ ।
नेपालका आदिवासी जनजाति महिलाहरुको वर्तमान अवस्थाको बारेमा र विविध विषयमा छलफल गर्ने मौका मिल्यो । नेपालमा हुादा नेपाल आदिवासी जनजाति महिला महासंघमा सक्रिय भएका थुप्रै महिला साथीहरु बेलायतमा हुनुहुन्छ र म अमेरिकामा भए पनि बेलायतमा रहेका महिलाहरुलाई संगठित गर्नुपर्दछ भनेर नेम थापाज्यूसाग पनि कुरा राखेकी थिएा । सोहीअनुसार यहाँ मगर महिला संघ गठन हुन गयो । पछि आदिवासी जनजाति महिला महासंघ यूकेको समेत गठन हुन गयो ।
बेलायतका नेपाली महिलाहरुसाग छलफल र भेटघाटमा के–के कुरा गर्नुभयो त ?
नेपाल आदिवासी जनजाति महिला महासंघले के गरिरहेको छ । भावी दिनहरुमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा नै केन्द्रीय भएर छलफल भयो । हाम्रा मुद्दा के हो ? आदिवासी जनजातिको मुद्दा, आदिवासी जनजाति महिलाहरुको मुद्दा र समग्र महिलाहरुको मुद्दाको विषयमा छलफल गर्यौं । अहिले २२ वटा देशका जनजाति महासंघहरु गठन भैसकेको छ र ती सबै महासंघलाई समेटेर मोर्चा बनाउनुपर्ने जोड दियौं ।
तपाईंले अध्यक्षता गरिरहनु भएको नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाले के कस्ता काम गरिरहेको छ ?
सन् २०११मा म लगायत आदिवासी जनजाति महिलाहरुको सक्रियतामा संस्था स्थापना भएको हो । आदिवासी दिवसमा संयुक्त राष्ट्र संघमा हुने कार्यक्रममा सहभागी जनाउने । नेपालबाट जानुहुने विभिन्न व्यक्तिहरुसाग आदिवासी जनजातिका मुद्दाहरुमा छलफल र अन्तक्र्रिया गर्ने । आदिवासी जनजातिको आवाज, आदिवासी महिलाहरुको आवाज र समग्र महिलाहरुको आवाजलाई कसरी बुलुन्द गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्ने गरेका छौं । पहिलो संविधानसभाले संविधान बनाउने क्रममा हामीले नेपाली दुतावास अमेरिकामार्फत् नेपाल सरकारलाई आफ्ना मागहरु पनि प्रस्तुत गरेका थियौं ।
नेपालमा राजनीतिक अस्थिरता छाएकोले दोस्रो संविधानसभाले पनि संविधान बनाउन सकिरहेको अवस्था छैन र संविधान नबन्नुमा आदिवासी जनजातिहरुले जातीय राज्यको माग गरेकाले पनि संविधान नबनेको एकथरीको आरोप छ ? के आदिवासी जनजातिकै कारण संविधान बन्न नसकेको हो ?
केही दल र केही गैरआदिवासी जनजाति नेताहरुले आदिवासी जनजातिहरुको मुद्दालाई राष्ट्रियस्तरमा संबोधन गर्न नसकेको अवस्था छ । आदिवासी जनजातिहरुले आफ्नो भाषा, कला र संस्कृति संरक्षण र सम्वद्र्धन गर्नुपर्दछ भन्ने जायज कुरा उठान गरेको हो तर त्यसलाई थुप्रै आरोप लगाएर आदिवासी जनजातिहरुलाई अधिकार दिन नखोजिएको मात्र हो ।
सदियौंदेखि देशमा गैरजनजातिहरुले राजनैतिक, सामाजिक र आर्थिक रुपमा हालीमुहाली गर्दैआएको छ भन्ने कुरा बुझ्न जरुरी छ । उनीहरुले जमाउादै आएको त्यो अधिकार दिन नखोजिएको मात्र हो । आदिवासी जनजातिहरुले नयाँ संविधानमा आफ्नो अधिकारको सुनिश्चिताका लागि आवाज उठाएको हो ।
विदेशमा रहेका नेपालका आदिवासी जनजातिहरुले के के कुरामा ध्यान दिन आवश्यक छ ?
कसरी आफ्नो मुद्दाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लिएर जान सकिन्छ त ? भन्ने कुरामा नेपालका आदिवासी जनजातिहरु केही हदसम्म स्पष्ट देखिन्छन् तर विदेशमा रहेका नेपाली आदिवासी जनजातिहरुमा भने स्पष्टता देखिादैन । त्यसलाई स्पष्ट र एकरुपताका साथ साझा मुद्दा बनाएर अगाडि बढ्नु पर्ने अवस्था छ । अर्को, हामी विदेशमा रहेकाहरुले नयाँ पुस्तालाई कसरी आफ्नो सीप, भाषा, कला र संस्कृति हस्तान्तरण गर्ने त ? भन्ने विषयमा विशेष ध्यान दिनु पर्ने अवस्था छ । एकातिर आफ्नो संस्कृति पनि बचाउनु पर्ने अवस्था छ भने अर्कोतिर अरुको संस्कृतिमा रम्नु पर्ने अवस्था छ । त्यसैले हामी अभिभावकहरुको थुप्रै दायित्व थपिएको छ ।
बाहिर बस्ने हामी नेपालीहरुको आफ्नै थुप्रै पीडा छन् । तर पनि बाहिर बस्ने नेपालीहरुको नेपालप्रतिको भूमिका के हो त ? हाम्रो साझा मुद्दा के हो त ? आफ्नो पहिचान बचाउनका लागि के गर्नु पर्दछ भन्ने कुरा बुझ्न जरुरी छ । सामाजिक संरचना, राजनीतिक संरचना, सरकारी संरचनाहरुमा आदिवासी जनजाति महिलाहरुको स्थान के रहन सक्छ, आदि विषयमा पनि छलफल गर्न आवश्यक छ । तर हामीले एकैपटक सबै मुद्दामा बहस भने गर्न सकिादैन । यसलाई निरन्तरता दिादै जानुपर्दछ ।
गैरआदिवासी जनजातिका छोराछोरीभन्दा आदिवासी जनजातिका छोराछोरीहरु अध्ययनमा होस् वा नोकरीमा होस् वा अरु नै बिषयमा होस् अलि पछाडि नै देखिन्छ । के गरियो भने तिनलाई अगाडि ल्याउन सकिन्छ ?
आमा शिक्षित भयो भने छोराछोरी पनि शिक्षित हुनसक्छ । त्यसकारण आमा नै शिक्षित हुनुपर्ने अवस्था छ अर्थात् शिक्षित नभए पनि जान्न र बुझ्न आवश्यक छ । मेरै उदाहरण हेर्नुहोस्, मेरो अभिभावक शिक्षित त थिएनन् तर उहाँहरुले छोरीलाई पढाउनु पर्दछ भन्ने जान्नुभयो, बुझ्नु भयो र पढाउनु भयो । छोराछोरीलाई अभिभावकले नै सिकाउने हो । तर आमा, बुबाले नै बुझेका छैनन् भने कसरी सिकाउनु हुन्छ । त्यसैले मैले महिला महासंघमा पटक/पटक पहिला आफूनै शिक्षित हुनु पर्दछ र छोराछोरीलाई कुनै पनि हालतमा पठाउनु पर्दछ भन्दै आएकी छु ।
आदिवासी जनजातिहरुको बुवाहरु प्राय:बाहिर नै हुन्छन्, त्यसैले आमाहरुले नै महत्वपूर्ण भूमिका निभाउनु पर्ने हुन्छ । अर्को समाजको कुरा छ । गैरजनजातिहरुमा दाजुभाइ तथा दिदीबाहिनीहरुबीच को डाक्टर बन्ने र को इन्जिनियर बन्ने प्रतिस्पर्धा नै हुन्छ । तर, जनजाति परिवारबीच त्यस्तो प्रतिस्पर्धा हुादैन । आदिवासी जनजातिहरुले लोकसेवा आयोगको लिखितमा नाम निकाल्न सक्छन् तर अन्तर्वार्तामा सफलता मिलेको धेरै कम उदाहरण छ ।
राज्यको प्रमुख संयन्त्रमा गैरआदिवासी जनजातिहरु नै भएकाले पनि राम्रो छात्रवृत्तिलगायतको विभिन्न अवसरमा उनीहरु नै पुग्ने गरेको छ । एकातिर हामीले राम्ररी अभिभाकत्वको भूमिका निर्वाह गर्न सकेका छैनौं, अर्कों कुरा राष्ट्रले पनि जुन तरिकाले अवसर दिनु पर्ने हो त्यो दिन सकेको छैन । पाठ्यक्रममा आदिवासी जनजातिको कला र संस्कृतिको कुरा समावेश हुनु पर्ने हो तर, त्यो हुन सकेको छैन । हाम्रो जिम्मेवारी भनेको छोराछोरीहरुलाई कसरी अगाडि बढाउन सकिन्छ, त्यसमा विशेष ध्यानदिन जरुरी छ । पछिल्लो समय आदिवासी जनजाति विद्यार्थीहरुले राम्रो गरिरहेको अवस्था पनि छ । र, राम्रो नतिजा ल्याई उत्र्तीण गरेकाहरुलाई सम्मान गरेर प्रोत्साहित गरिरहेका छौं । जुन एकदम सकारात्मक छ ।
विदेशमा रहेका आमाहरुलाई के भन्न चाहनुहुन्छ ?
जिम्मेवारी र दायित्वलाई अभिभावकले नै बुझ्नु पर्दछ । आफ्नो सन्तानलाई कहा पढाउने र के पढाउने हो भन्ने कुरा बुझ्नु जरुरी छ । घरैबाट परिवर्तनका लागि सुरुआत गर्नुपर्दछ । केही आमाहरुले पढ्ने अवसर पाउनुभएन तर पढ्नै पर्छ भन्ने पनि छैन । नपढे पनि जान्ने र बुझ्नु पर्ने ठूलो कुरा हो । सकभर आफ्नो नानीबाबुहरुलाई व्यवहारिक कुरा सिकाउनु पर्ने हुन्छ ।
व्यवहारिक कुरा सागसागै हामी विदेशमा किन आयौं, र हाम्रो भाषा, कला, संस्कृति, पहिचान के हो भन्ने कुरा पनि बुझाउन आवश्यक छ । र, विशेष गरेर महिलाहरुले बचत गर्न सिक्नु पर्दछ । दिनको ५/१० डलर जम्मा गर्दै गएमा आफूलाई आवश्यक परेको अवस्थामा चलाउन सकिन्छ । अमेरिकामा करिब ५०/६० जना नेपाली आदिवासी जनजाति महिलाहरुले बचत गर्न थाल्नुभएको छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
अहिले नेपालबाट महिलाहरुले विदेशमा गएर काम गर्न थालेको अवस्था छ । यसरी विदेशमा रहेका महिला दिदीबहिनीहरुलाई पनि संगठित गरेर अन्तर्राष्ट्रियस्तरमा आदिवासी जनजाति महिला मोर्चा गठन गर्ने उद्देश्य राखेकी छु । अमेरिका र यूकेका महिलाहरु आबद्ध भैसकेको अवस्था छ र हङकङका साथीहरुसाग पनि कुरा भैरहेको छ । सबै आदिवासी जनजाति महिलाहरुलाई आफ्नो भाषा, कला, संस्कृति र पहिचानका लागि संगठित हुन अनुरोध गर्दछु ।
(एभरेष्ट टाइम्स बेलायत बाट प्रकासित नेपाली साप्ताहिकमा सम्पादित अंश स्वयम संगीनी रानामगर बाट प्राप्त)