बेलायत एनआरएन भित्र जो चोर उसैको ठूलो सोर‏

Read Time:3 Minute, 35 Second

रोशन मेवाहाङ्ग

लण्डन ,चैत्र २५  – एनआरएन केन्द्रको निर्वाचन नियमावली संसोधन गरेको सन्दर्भमा यतिबेला एनआरएन  वेलायतको सरर्बत्रले आपती जाहेर गरेका छन ।

(रिचर्ड गुरुङ ,फोटो फाईल)

एनआरएन वेलायतको नेतृत्व आफैमा अबैधानिक छ भन्दै बिरोध गर्दै आएका नेपाली युवा समूह, वेलायतसंग सोध्दा समूहका एक प्रतिनिधि रिचर्ड गुरुङ भन्छन  ।  बिधानमै उल्लेख नभएको चक्रिय प्रणालीबाट बनेको बेलायत एनआरएनको अबैधानिक अध्यक्षको झुण्डले कोठे बैठक बसि एनआरएन केन्द्रले निर्वाचन नियमावली संसोधन गरेको बिषयमा आपती जनाउनु पूर्ण अर्थबिहिन  र हास्यस्पद देखिएको छ ।

विधानमै उल्लेख नभएको चक्रिय प्रणाली मार्फत रेष्टुरेन्टको टेबलबाट विधि र विधान लाई लत्याउदै अवैधानिक हिशावले अध्यक्ष बनेको ब्यक्ति र उनका झुण्डलाई बेलायत भित्र भएका जातिय, क्षेत्रिय जस्तो प्रमुख सामाजिक संघ संस्थाहरु र बेलायत एनआरएन भित्रका अधिकांश सदस्यहरुले अमान्य घोषणा गरिसकेको विभिन्न पत्रप्रत्रिका र अनलाईन खबरहरु मार्फत छापिएको समाचारबाट पुष्टी भईसकेको अवश्था छ । यस्तो अवस्थामा विधान र नियमावलीको सन्दर्भमा कुरा उठाउनु कहाँ सम्मको जायज र मान्य कुरा हो ?

आफुअध्यक्ष बन्नका निम्ति विधान र नियमावली नचाहिने र आफु बनि सकेपछि विधान र नियमावलीको सन्दर्भमा कुरा उठाउदै हिड्नु कहाँ सम्मको सान्दभिर्भ र न्यायपुर्ण कुरा हुन्छ । हामीले बुझनु पर्ने अपरिहार्यता छ । यस्तो महत्वकांक्षी गैर जिम्मेवार ब्यक्तिहरुको नालायकी पनाले “प्रवित्र समाजिक संस्था बेलायत एनआरएन आज एउटा कठ्पुतली बनेको छ” । 
 
एनआरएन एउटा नेपालीहरुको प्रमुख साझा राजनीतिक रहित सामाजिक संस्था भएकोले, राजनीतिक पार्टीको पदमा भएकाहरुलाई प्रतिबन्द लगाउनु सकरात्मक नै देखिन्छ, तर जातीय, धार्मिक जस्ता सामाजिक संस्थाहरु र व्यक्तिहरुको  सिंङ्गो स्वतन्त्रता माथि नै निर्वाचन  नियमावली संसोधन गर्दै प्रतिबन्द लगाउनु एनआरएन केन्द्रले ठुलो गल्ति गरेको छ । यो निर्णय निरंकुश र विभेदपूर्ण छ, एनआरएन लाई एउटा वर्ग र बर्ण भित्रको महत्वकांक्षी झुण्डको मात्र बनाउनु खोजेको देखिन्छ ।

जस्ले गर्दा एनआरएन केन्द्रले संसोधन गरेको निर्वाचन नियमावलीलाई  सच्याउनु  पर्ने अपरिहार्यता हामीले पनि देखेका छौं। यस बिषयमा बैधानिक र नियमित ढंगले चलेका वेलायताका बिभीन्न संघ संस्थाहरुले आपति जनाउनु जायज हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %