कर्म सिङ लामा
दोहा, ६ अप्रिल – ‘सुन्दर शान्ता रसुवालाई अरु सामु चिनाउने हाम्रो प्रतिबद्धता’,’सबल र समृद्ध जिल्ला निर्माणमा प्रबासी रसुवालीको एकता’ भन्ने मूल नारा सहित स्थापना भएको रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतारका सह -सचिब हेमा रानी घले लाई गत शुक्रवार ३ अप्रिलमा बिदाई कार्यक्रमको आयोजना गरि बिदाई गरेका छन् ।

बाक्लो रसुवाली दाजु भाई तथा दिदि बहिनि हरुको उपस्थितिमा सह – सचिब कै बिशेष सहयोगमा सेल रोटि खाने कार्यक्रम संगै बिदाई कार्यक्रम सम्पन्न गरेका छन् । सस्थाको अध्यक्ष जीवन लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबैको परिचयका साथै प्रतिकृया सुझाब समेत लिएको थियो ।
सुझाब स्वारुप धेरै जना सहभागी हरुले परदेशमा आएर पनि यसरी बेला -बेलामा सबै दाजु भाई तथा दिदि बहिनि हरु संग भेटघाट गर्न पाउनुले आफु हरु धेरै खुसि भएको र यसै गरि सस्थालाई बचाई राख्न अफ्-आफ्नो ठाउँ बाट सक्दो सहयोग रहने समेत प्रतिबद्धता जाहेर गरेका थिए ।

घलेले पनि कर्म भुमि दोहा छोडेर गए पनि रसुवा गोसाई कुण्ड सहयोगी समाज दोहा कतार परिवारलाइ कहिले नबिर्सिने र यहाँहरुले दिएको मान सम्मान माया ममता सधै भरि सम्झिरहने छु भन्दै आफुले गर्न सक्ने सयोग गरिरहने उद्घोष गर्दै साथी भाई संग छुट्ने मन नहुदा नहुदै पनि आफ्नै जन्मभुमिमा गएर केहि गर्ने लक्ष्य रहेको र संस्थाबाट पनि आफुले धेरै सहयोग सद्भाव र पाएकोमा आफु धेरै खुसि भएको र समाज प्रति आभार ब्यक्त गरेका थिए ।
सस्थापक सचिब कर्म सिङ लामाले सस्थाको वर्तमान अवस्था र भाबी योजनाको बारेमा प्रस्ट परेका थिए ।
कर्म सिङ्ग लामाले संचालन गरेको उक्त कार्यक्रमको समापनमा बोल्नु हुदै कार्यक्रमको सभापति तथा अध्यक्ष जीवन लामाले समाज प्रति गरेको सहयोग र योगदानको प्रशंसा गर्दै भाबी सामाजिक जीवनको उत्तर – उत्तर प्रगतिको कामना गर्दै समाजको तर्फबाट प्रशंसा र कदर पत्रका साथै सल्लाकार खुवा प्रसाद घिमिरे, सचिब कर्म सिङ लामा ,कोष अध्यक्ष कान्छा लोप्चनले खादा ओडाएर स-सम्मानका साथ बिदाई गरेका थिए ।
