यलम्बर कपको उपाधि जेडि ब्वाईजले चुम्यो

Read Time:7 Minute, 48 Second

रोशन मेवाहाङ

लण्डन,चैत्र २३– किरात याक्थुङ चुम्लुङको प्रायोजनमा हरेक बर्ष हुने ८औ यलम्बरहाङ फुटबल प्रतियोगिता लण्डन फेल्ताम कलेजको खेल मैदानमा भव्यताको साथ शनिबार सम्पन्न भएको छ । यस बर्षको उपाधि जेडि ब्वाईज फुटबल टीमले चुम्न सफल भएको छ । लण्डन फेल्ताम कलेजको परिसरमा शनिबार शुरु भएको लिग खेलबाट छनौट हुदै फाईनल खेलमा युनाईटेड यफ सीलाई ३–० ले हराउदै जेडि ब्वाईजले ८ औ यलम्बर कपको उपाधि चुमेको हो । यलम्बर फुटबल प्रतियोगिताको अन्तिम फाईनल खेलको १५औ मिनेटमा अमित थापाले निर्णायक गोल गरेका थिए । सो खेलमा जेडि ब्वाईजका प्रकाश सुव्वा उत्कृष्ठ खेलाडी र खेलभरिमा धेरै गोल गर्ने युनाईटेड यफ सीका अनिल तामाङ्ग घोषित भएका थिए ।
अघिल्लो सेमिफाईनल खेलमा यम वि जेटलाई पराजित गदै युनाईटेड यफ सी तथा जेडि ब्वाईज बाईमा पर्दै फाईनल खेलमा प्रवेश गरेका थिए । भेटरेन तर्फबाट ईलाम समाजलाई पराजीत गदै केन्ट यफ सीले यो सालको यलम्बर कपको पहिलो पुरस्कार कब्जा गर्न सफल भएको हो, सुपर भेटरेनमा रेन्बो यफ सीलाई पराजीत गदै पाँचथर समाज सेवा युकेले सुपर भेटरेन यलम्बर कपको प्रथम स्थान लिन सफल भयो त्यस्तै गरी महिला तर्फबाट ग्रेश समाजलाई पराजीत गदै मनोक्रान्ती रस्मोरले महिला तर्फको प्रथम पुरस्कार चुम्न सफल भएको हो ।
विजेता तथा उपविजेता टीमलाई प्रतियोगिताका प्रमुख अथिती किरात याक्थुङ्ग चुम्लुङ केन्द्रिय पुर्व उपाध्यक्ष नेपालका नरकुमारी लिम्बु, विशेष अथिती हन्सलो बरो काउन्सिलका डेपुटी मेयर विष्णु गुरुङ्ग, किरात याक्थुङ चुम्लुङ बेलायतका अध्यक्ष काजीमान याक्शो, र यलम्बर कप संस्थापक रिटायड क्याप्टेन बम लिम्बु लगायतले यलम्बर कप फुटबल प्रतियोगिताको पुरस्कार वितरण गरेका थिए । प्रमुख टीम विजेता जेडि बोईजले यलम्बर टफ्रीसहित १ हजार पाउण्ड र उपसविजेता युनाईटेड यफ सीले ५ सय पाउण्ड, भेटरेन टीम विजेता केन्ट यफसीले भेटरेन टफ्रीसहित ५ सय पाउण्ड र उपविजेता ईलाम समाजले ३०० सय पाउण्ड, सुपर भेटरेन टीम विजेता पाँचथर समाज सेवा युकेले सुपर भेटरेन टफ्रीसहित ३०० सय पाउण्ड, उपविजेता रेन्बो यफसीले २०० सय पाउण्ड, महिला टीम विजेता मनोक्रान्ती रस्मोरले टफ्रीसहित १ सय पाउण्ड, र उपविजेता ग्रेश समाज टीमले ५० पाउण्ड पाएका थिए ।
किरात याक्थुङ चुम्लुङ बेलायतका अध्यक्ष काजीमान याक्शो बताउछन उक्त प्रतियोगिताको बारेमा सुरु गरिएको प्रतियोगिता किरातीहरुको पहिलो राजा यलम्बर हाङ्गको संझना र उहाँको नाम जीवित राख्नलाई र बेलायतमा रहेका प्रत्येक नेपालीहरु, भावि सन्ततीहरु लगाएत बृद्ध बृद्धा, छोरीचेलीहरु माझ भेटघाट गर्ने शुभ अवशर मिलोस भन्नका खातिर र साथै खेल प्रेमीहरुको खेलमा प्रगती होस र खेल खेलेर भरपुर मनोरन्जन लियोस भन्ने उदेश्यले किरात याक्थुङ चुम्लुङ बेलायतले यलम्बरहाङ प्रतियोगिता २००८ बाट हरेक बर्ष खेलाउदै आएको हो ।

शाखा अध्यक्ष बिजय लीङ्थेप

१- यस वार्षिक फुटबल प्रतियोगिताको उदेश्य बेलायतमा बसोबास गर्ने नेपाली युवा वर्गलाई खेलकुद जगतमा प्रोत्साहन गर्ने लगायत बेलायतमा अवस्थित नेपाली संघ संस्थामा आवद्व नेपाली दाजु भाई तथा दिदी बहिनिहरु बिच पारस्परिक मित्रता र सदभाव बढाउने उदेश्यले यो प्रतियोगिताको आयोजना सन् २००८ बाट गरिएको हो । साथै प्रथम किराती राजा यलम्बर हाङलाई अब ईतिहासको किताबमा मात्र पढने हैन उहाको नाममा पनि केहि गर्नु पर्छ भन्ने उदेस्य हो ।

२- किन फुटबल नै रोज्नु भयो ?
फुटबल मात्र हैन हामीले यलम्बर हाङ ब्याडमिन्टन पनि खेलाउछौ जुन खेल सेप्टेम्बर तिर हुने गर्छ ।

३- फुटबल हुने समय सार्न मिल्दैन ? किनकि यो सिजन अलिक जाडो नगई सकेको बेला होनी हैन र ?
यसमा के छ भने हामीले ५ बर्ष अगाडिनै सेट गरेको टायम हो त्यो कसरी सेट गरियो भने हामीले इस्टर लीभको पहिलो सनिबार यलम्बर हाँङ कप खेलाउने भनेर निर्णय ५ बर्ष अगाडि भयो त्यै निर्णय अनुसार हामीले यलम्बर हाँङ कप इस्टर लीभको पहिलो सनिबार गर्दै आएका हौ तर यो समयलाई सार्नु पर्छकी भन्ने महसुस हामीलाई पनि लागेको छ, यसको बारेमा यलम्बर हाँङ कपको समिक्षा बैठकमा छलफल गरि निर्णय गर्नेछौ ।

किरात याक्थुङ्ग चुम्लुङ बेलायतका अध्यक्ष काजीमान याक्शोको अध्यक्षतामा भएको प्रतियोगिताको कार्यक्रम किरात याक्थुङ चुम्लुङ बेलायतका महासचिब खगेन्द्र लावती र सहसचिब महेश वानेमले सयुक्तरुपमा कार्यक्रम सन्चालन गरेका थिए । प्रतियोगितामा प्रवेश शुल्क २०० सय पाउण्ड र कार पार्कबाट करिब ८ हजार पाउण्ड उठेको जानकारी संस्थाका कोषाध्यक्ष दिल ईवारम लिम्बुले जानकारी गराएका थियो ।
प्रमुख टीम (१८ बर्ष भन्दा माथि), भेटरेन टीम (३७ बर्ष भन्दा माथि), सुपर भेटरेन टीम (४५ बर्ष भन्दा माथि), र महिला टीमसहित ३७ टीमको सहभागिता रहेको यलम्बर कप फुटबल प्रतियोगिताको संयोजक रिटायड वारेन्ट अफिसर दिपेन्द्र याक्शो र सहसंयोजक सन्तोष पाङ्गमा रहेका विश्व नेपाली साहित्य महासंघका केन्द्रि अध्यक्ष विश्वासदिप तिगेलाले दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %