रमेश कनौजेमगर
कतार,५ अप्रिल – नेपाल प्रवासी मगर संघ, दोहा एरिया समिति कतारले कतारमा रहेका मगर दाजुभाई तथा दिदिबहिनीहरुलाई एकता को शुत्रमा बाँधेर आफूमा भएको क्षमता र कलालाई दोहा कतार वासिहरुको माझमा प्रस्तुत गर्ने सु—अवसर प्रदान गर्ने उद्धेश्यले २०१५ अप्रिल २४ तारिकका दिन दोहा एरिया समितिको अध्यक्ष रबिन मगरको संयोजकत्वमा दोहाको टपफर्म रेष्टुरेन्टमा बिहान १० बजे देखि एरिया स्तरिय वक्तृत्वकला तथा नृत्य प्रतियोगिता गर्ने भएको छ ।
उक्त प्रतियोगिता सफल बनाउनका लागी स्वयंसेवक संयोजक खिमानसिं राना मगर, सचिवालय संयोजक उद्धव सारु मगर, आर्थिक संयोजक रबि पूलामी मगर, अतिथि सत्कार तथा यातायात संयोजक गुमानसिं राना रहेको ५ सदस्यीय आयोजक समिती बनाई ब्यापक गृहकार्य गरिरहेको छ ।
नेपाल प्रवासी मगर संघ, दोहा कतार (केन्द्रिय समिति) को मातहतमा विभिन्न सात वटा एरिया समितिहरु रहेका छन् ।
एरिया समितिहरु :
दोहा एरिया समिति,
सनैया “ए”
एरिया समिति, सनैया “बि” एरिया समिति,
सैलिया एरिया समिति,
सहानिया एरिया समिति,
अवुहमुर एरिया समिति,
वक्रा एरिया समिति छन् ।
प्रतियोगीहरुले यिनै एरिया समितिवाट सम्मिलित भई आफ्नो नाम दर्ता गराउनु पर्ने छ । प्रतियोगितामा दोहा कतारमा हुने मगर दाजुभाई तथा दिदिबहिनीहरुलाई मात्र सहभागि गराईने र नेपाल प्रवासी मगर संघ, दोहा कतारको सदस्यता लिएको हुनु पर्ने तथा सदस्य नलिएका प्रतियोगिहरुले उक्त कार्यक्रम हुनु भन्दा पहिले लिई सक्नु पर्नेछ ।
वक्तृत्वकला प्रतियोगितामा “प्रवासमा मगर संघ र यसको भूमिका” भन्ने विषयमा केन्द्रित रहेर आफ्नो लेख लिएर प्रतियोगितामा भाग लिनु पर्ने कुरा संयोजक रबिन मगरले जानकारी दिए । यसै गरि नृत्य प्रतियोगितामा नेपाली गितमा बिशेष गरि मगर संस्कृति झल्किने खालको गितमा प्रस्तुत गरिएको नाचलाई बिशेष ग्राह्यता दिने बताए ।
उक्त प्रतियोगिताका वक्तृत्वकलाको निर्णायक मण्डलमा संस्थाको प्रमुख सल्लाहकार भिम तरामुमगर, सल्लाहकार सदस्य देव वहादुर रानामगर र भाषा, लिपि, अध्ययन अनुसन्धान विभागका संयोजक केशव रानामगर तथा नृत्य तर्फ सल्लाहकार सदस्य जनक थापामगर, मानार्थ सदस्य बबिन राई र कला तथा सांस्कृतिक बिभागका उप—संयोजक बिजय मगरहरु छन ।
यसैगरि यस प्रतियोगिता भरि पर्यवेक्षकमा सल्लाहकार सदस्यहरु गिरि काउछामगर, केशव रानामगर, मानार्थ सदस्य टेक रसाईली, केन्द्रिय समिति कोषाध्यक्ष लिलम्वर चिदिमगर र केन्द्रिय समिति द्धितिय उपाध्यक्ष शेरबहादुर रोकामगर रहेको जानकारी संयोजकले दिएका थिए ।
प्रतियोगितामा केन्द्रिय समितिका कला तथा संस्कृति विभागका कलाकारहरुको बिशेष प्रस्तुति पनि रहने र कार्यक्रम हेर्न आउने दर्शकहरुलाई निशुल्क रहेको पनि जानकारी गराएका थिए।
प्रतियोगितामा सहभागी हुनको लागी निम्न ब्यक्तिहरु संग सम्पर्क गर्नु होला ।
रविन— ५५६८४०८९,
खिमान— ७००९५६५७,
उद्धव— ५५७८६९६९,
रवि— ३०१४४०५४,
गुमानसिं— ७७११९९३८,
सनैया “ए”—६६४७४०७९,
सनैया“बि”—७४७६८६०७,
सैलिया— ३००१०९३३,
सहानिया— ५५७२८७७६,
वक्रा— ६६९८७९६५,
अवुहमुर— ५००४१२१६