मनोज घर्तीमगर
मगर समुदायको असली न्वारन सँस्कार हराउँदै गएका बेला यसको संरक्षण गर्न ‘म्यारमिन’ फिल्म बनेको छ । बालक जन्मेपछि गरिने न्वारान सँस्कारमा उसको नाम आफ्नै भषामा राख्न गरिएको सँघर्ष, बच्चा ठूलो भएपछि उसले गरेका विभिन्न दुःखलाई कथा बनाएर ‘म्यारमिन’ फिल्म बनेको छ । भरत सारुमगर, रमेश सिंजाली मगर, सरला रेश्मीमगर लगायत मुख्य भूमिकामा देखिएको निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।
करिब ७ लाखको लागतमा निर्माण फिल्म तनहुँको भिमात, रघु, काठमाडौं लगायत ठाउँमा छायाङ्कन गरिएको हो । फिल्ममा निर्माता नविन विरही मगर हुन भने छायाङ्कन, सम्पादन निर्देशन सन्तोष पिठाकोटे मगरले गरेका छन् ।