बहराईन दुतावासले राहदानी वितरन गर्दै

Read Time:1 Minute, 53 Second

कृष्ण सारू मगर

बहराईन, ३१ मार्च – यहि आउँदो ०३ अप्रैल २०१५का दिन नेपाली दुतावास बहराईनका कर्मचारीहरूले राहदानी वितरन  गर्ने भएका छन ।

बहराईनमा बस्दै आएका नेपालीहरूको सहजका लागी ०६ फेब्रुअरी २०१५ का दिन अस्करमा राहदानी फाराम भराइएको थियो । 

यो पटक जम्मा ४४ जना ब्याक्तीहरुको राहदानी (MRP) दुतावासमा प्राप्त भै सकेको हुँदा उक्त नयाँ राहदानीलाई अस्कर स्थित दिउँसो ३:०० बजे देखी जि.सी.सी.सी. खेल मैदानको प्राङ्गणमा वितरण गरिने भएकोछ । नयाँ राहदानी लिने ब्याक्तिले आफ्नो पुरानो सक्कली राहदानी र रसिद सहित अनिबार्य उपस्थिति हुनु पर्ने छ ।

सोहि दिन नेपाली दुतावास बहराईनले सम्पुर्ण नेपाली मजदुरहरूका लागी सेफ्टी संवन्धि जनचेतनात्मक कार्यक्रम र प्रशिक्षण, जनस्वास्थ्य समेत संचालन गर्ने भएको छ । बहराईनवासी सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूमा उपस्थितिको लागी दुतावासले हार्दिक अपिल समेत गरेको तृतिय सचिव ओम भण्डारीले राज्यसत्ता डटकम लाई बताए । 

थप जानकारीको लागी: दुतावास कार्यलय: 17725583 श्रम सहचारी:- विश्वराज न्यौपाने-33152385 र तृतिय सचिव:- ओम भन्डारी-33994373 लाइ सम्पर्क गर्न अनुरोध गरिएको छ ।

MRP प्राप्त गर्ने महानुावहरूको नामावली यस प्रकार रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %