बहराईनमा प्रवेश गरेको डेढ महिना नबित्दै एक नेपालीको निधन

Read Time:2 Minute, 25 Second

कृष्ण सारू मगर

  बहराईन,२९ मार्च सुनौलो भविश्यको सपना बोकी बहराईन प्रवेश गरेका साँखर-१ स्याङ्जा निवासी बुबा खड्क बहादुर राना मगर तथा लकमायाँ राना मगरकी माहिला छोरा वर्ष २१का नुन बहादुर राना मगरको सुती रहेको अवस्थामा निधन भएको हो ।

 

  मृतक नुन बहादुर राना मगरको राहदानी बाहक नं.०७८११८८९ रहेको छ । मृत्यू भएको प्रारम्भिक घटनाको विवरण बारे रिफ्फा स्थित मर्करी कंपनीको संबन्धित कंपनीमा कार्यरत गंगा राम लिम्बु र निज मृतकका बाबु खड्क बहादुर राना मगर संगको भेट वार्ता बाट जानकारी अनुसार अवेर सम्म नउठेकोले मगरलाई २७मार्च २०१५ सुक्राबारका दिन बिहान ८.३० बजे साथीहरूले उठाउने क्रममा हृदयघात बाट आफ्नै कोठामा निधन भै सकेको बताएका छन् ।

 

मृतक मगर गएको १३ फेब्रुअरी २०१५ का दिन मात्र यस बहराईन लाई कर्म भुमीको रूपमा मर्करी कंपनीको MCC Gulf Co W.L.L. प्रवेश गरेका अन्ततः २७ मार्च २०१५का दिन यस धर्ती बाट टाढा भएको खवरले परिवारजनमा स्तब्ध बनाएको छ ।

 

मृतक राना मगरको शव लाई अविलम्ब नेपाल पठाउनका पोष्टमार्टममा सार्वजनिक बिदाले ढिला भएको हुँदा सो कंपनी बाट नेपाली दुतावास कार्लयमा आवश्यक कागजपत्र नआईपुगेको बहराईनका श्रम सहचारी विश्वराज न्यौपानेले बताएका छन । कम्पनीले मृतक राना मगरको शव नेपाल पठाउनका लागी आवश्यक कागज पत्र पनि तैयार भईरहेको बताएको छ ।

 

प्रहरी अनुसन्धान बिभाग बाट के कति कारण मृत्यू भएको हो भन्ने विषयमा अझै थप अनुसन्धानका लागी राना मगरको शव पोष्टमार्टमका लागी सलमानिया अस्पतालमा रहेको मृतकका बाबुले चिन्तित मुद्रामा www.Rajyasatta.com लाई बताए ।

तस्विरः सुर्यबहादुर सारू मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %