उपेन्द्र राना मगर
दुवई, मंसीर २७, २७ मार्च २०१५ शुक्रबारको दिन नेपाल मगर संघ युएईका अध्यक्ष भरत राना मगरको अध्यक्षतामा नेपाल मगर संघ युएईका उपसंरक्षक धनेन्द्र मास्की राना मगरको प्रमुख आतिथ्यमा बर दुबईमा बैठक बसी महत्वपूर्ण प्रस्ताबहरुमा छलफल गरी निर्णय समेत गरेको छ ।
नेपाल मगर संघ युएईमा लामो समय देखी रिक्त रहेको बरिष्ठ उपाध्यक्षको पदमा नेपाल मगर संघ युएईका उपाध्यक्ष राजु सिंजाली मगरलाई सर्ब सहमतीबाट चयन गरिएको छ । अर्को महत्वपूर्ण बुँदामा छलफल गर्दा नेपाल मगर संघ युएईले आउदै गरेको “२५५९ बुद्ध जयन्ती” यही मे ८, २०१५ मा युएईको दुबईमा धुमधामका साथ मनाउने यसको लागी बरिष्ठ उपाध्यक्ष राजु सिंजाली मगरको संयोजकत्व कार्यक्रम आयोजक समिति गठन गर्ने निर्णय गरियो ।
भर्खरै सम्पन ३३ औ मगर दिवसको समिक्षा गर्ने क्रममा कार्यक्रम भब्यरुपमा सफल रहेको र आंशिक रुपमा केही कमजोरी रहने गएकोले आउने भविष्यमा गरिने यस्ता गतिविधिलाई सुधार गरी लैजानु पर्ने भन्ने निर्णय गरियो । मगर स्थापना दिवसमा साँस्कृतिक प्रस्तुती न्युन गराई बौद्धिक र विचारका जस्ता कार्यक्रम ल्याउनु पर्नेमा समिक्षकहरुको जोड रहेको पाइयो । नेपाल मगर संघ युएईका अन्तराष्ट्रिय प्रतिनिधी संयोजक गिरमान थापा मगर भर्खरै नेपाल मगर संघको आयोजनामा सम्पन्न अन्तराष्ट्रिय मगर मंचको सदस्य पदमा निर्वाचित भएकोमा संस्थाको तर्फबाट शुभकामना प्रदान गरेको छ ।