छैठौं मगर फिल्म महोत्सव सुरु

Read Time:2 Minute, 7 Second

सनु थापा मगर

बुटवल, चैत्र ११- आज देखी बुटवलमा छैटौं मगर फिल्म महोत्सव सुरु भएको छ । चैत्र ११ र १२ गते नेपाल मगर चलचित्रकर्मी संघले बुटवल मिलन हलमा मगर चलचित्र प्रदर्शन र अन्तरक्रिया सहित कार्यक्रम राखेको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी संघले उक्त कुराको जानकारी दिँदै मगर चलचित्र कालो विरालो, मोड्याल्नी, प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ । त्यस्तै कानुङ झा, यार्चागुम्बा, मारुनी र गुठा एण्ड करीमा डकुमेन्ट्री पनि प्रस्तुत गरिने बताईएको छ । यसैसन्दर्भमा चैत्र ११ गते मगर चलचित्रको बारेमा होटल कस्तुरीमा अन्तरक्रिया गर्ने र १२ गते चलचित्र र खोजमुलक डकुमेन्ट्री प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
चलचित्र विहान ११ बजेदेखी हेर्ने व्यवस्था मिलाएको छ । एक सोको टिकटदर ५० रुपँया रहेको छ भने विद्यार्थीको लागि २५ रुपैँया टिकटदर तोकेकोे छ । मगर संस्कृती र परम्पराहरुलाई कलात्मक ढङ्गले फिल्ममा प्रस्तुत गरेकोले प्रदर्शन गरिने फिल्महरु सबैले एकपटक हेर्नै पर्ने संयोजक यम पुनले बताए । मगरहरुको अधिकारको लागि आफुहरुले चलचित्रको माध्ययमबाट प्रयास गरेकाले एकपटक सबैले चलचित्र हेरेर यो अभियानलाई सहयोग र साथ दिन सबैसँग अनुरोध गरेका छन् । कार्यक्रम सम्पन्न गर्नको लागि करीब १ लाख बढी खर्च लाग्ने आयोजकले जनाएको छ । देश भरीका मगर चलचित्रकर्मी र मगर कलाकारहरुको जमघट रहने पनि आयोजकले जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %