मनोज घर्ती मगर
‘मिस नेवाः पोखरा–११३५’ को उपाधी पोखरा खाल्टेमसिनाका आशा श्रेष्ठले जितेकी छिन् । पोखरा सभागृहमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा १६ प्रतिस्पर्धीलाई उछिन्दै उनले शिरमा ताज पहिरिइन् । उनको शिरमा ताज पर्दा हातमा ४० हजारको चेक पुरस्कार हात लाग्यो । मोहोरियाटोलकी श्रीया बुद्धाचार्य बेस्ट टयालेण्टको टाइटलसहित फस्ट रनरअप बनिन् । उनले २५ हजार तथा गिफ्ट हयाम्पर पुरस्कार पाइन् । नदिपुरका सुस्मिता प्रधान भ्युवर्स च्वाइसको टाइटलसहित सेकेण्ड रनरअप भइन् । उनले १५ हजार पुरस्कार हात पारिन् । बेष्ट कम्प्लेक्शन सगुन श्रेष्ठ, बेष्ट स्माइल सारा बजिमय, बेष्ट पर्सनालिटी र बेष्ट फोटोजेनिकको टाइटल श्रीया श्रेष्ठले जिते । प्रत्येक टाइटल अवार्ड बिजेतालाई ५ हजार रुपैँया पुरस्कार दिइएको प्रचार संयोजक संजय मल्लले बताए ।
राघवलाल बैद्य, नेपाल सम्बत ११३२ का मिस नेवा पोखरा रस्मिता नकर्मी, मिस नेपाल इन्टरनेशनल सोनी राजभण्डारी, चितवन उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष उत्तमलाल चुके, नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष धनन्जय श्रेष्ठ, त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक जनपुकार मुनमकर्मी र नेवा खल कास्कीका पुर्व अध्यक्ष प्रकाशमान पालिखे प्रतियोगिताको निर्णायक थिए । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले कार्यक्रम सौन्दर्य प्रतियोगिता मात्रै नभएर नेवारी सभ्यता र संस्कारलाई युवा पुस्तामा पुर्याएर भाषा संस्कार र संस्कृति हस्तान्तरण गर्ने अभियान भएको सुनाए । कार्यक्रमको कोरियोग्राफी निशा प्रजापति तथा सजनी मानन्धरले गरेका थिए । । नेवाः खल, कास्कीको आयोजनामा नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको यो पाँचौ सँस्करण हो ।
तस्वीरः सुरज श्रेष्ठ