युकेमा वातावरण सम्बन्धि साहित्यिक गोष्ठि हुने

Read Time:2 Minute, 44 Second

बिश्वदिप तिगेला

फक्स्टोन, २२ मार्च २०१५ – विश्वब्यापी मनाईने अर्थ आवर (Earth Hour) को अवसरमा युकेका नेपालीहरुले वातावरण सम्बन्धि साहित्यि गोष्ठिको आयोजना गरेका छन् ।

image

यहि आउदो २८ मार्च शनिवारको दिन दिउसो १ बजे फकस्टोन चेरिटनको लेमनलिफ रेष्टुरेष्टको सभाकक्षमा हुने भएको छ । प्रत्येक बर्ष मार्च महिनाको अन्तिम शनिवारको दिनलाई विश्व बन्य जन्तु संरक्षण कोष (wwf) ले विश्वब्यापी अर्थआवर सन् २००७ देखि मनाउदै आएको छ । युकेमा रहेका नेपालीहरु पनि वातावरण बचाउने कार्यमा सुसुचित र सक्रिय हुनुपर्ने आवश्यकता औल्याउदै समाजका सचेत बर्ग स्रष्टासर्जकहरुले वातावरणिय साहित्यिक गोष्ठी गरिएको जनाएका छन् ।

गोष्ठिमा युकेका पहिलो नेपाली वातावरणविद् विजय हितान ज्यूले ‘जलवायु परिवर्तन रोक्न सकिन्छ, यसको मुख्य कारक हामी मानव जाति हौं’ भन्ने विषयमा बोल्नुभए लगतै वातावरण सम्बन्धिका कविता, गीत, गजल, मुक्तक आदि वाचन गर्दै विभिन्न विशिष्ट ब्यक्तित्वहरुबाट वातावरणिय साहित्यको बारे चर्चा गरिने बताईएको छ ।

  युकेमा नेपालीहरुले सन् २००९ देखि निरन्तर अर्थआवर मनाउदै आएका छन् भने यसवर्ष विश्व नेपाली साहित्य महासङ्घ (gfnl.org) युकेको आयोजनामा सम्पन्न हुनगइरहेको कुरा महासङ्घ सदस्य रोसन मेवाहाँङले बताए । आमन्त्रित तथा इच्छुक सम्पूर्णलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिएको छ । युकेमा नेपालीहरुको वस्ति नयाँ भएकोले यस्ता महत्वपूर्ण सन्दर्भ र अवसरमा नेपालीहरुको सलग्नता हुनुपर्ने बुद्धिजीबिहरु बताउछन् ।

स्मरण रहोस, अर्थआवरको साँझ घर, पसल, रोड, कार्यालय आदिमा बत्ति निभाई वातावरण बचाउने तथा वातावरण बचाउने कार्यमा प्रतिबद्धता स्वरुप बेलुकी ८ः३० देखि ९ः३० बजे सम्म विश्वभर एकैसाथ बत्ति निभाउने विश्वब्यापी प्रचलन रहेको छ ।

जानकारीको लागी :००४४  ७४५४४९६६९९ मा समर्पक गर्नुहोला ।      

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %