कृष्ण सारु मगर
बहराइन, २२ मार्च – नेपाली इन्द्रेणी समुहले बहराईनको राजधानी मानमा स्थित डेलमन ईन्टरनेश्नल होटलको हलमा २० मार्च २०१५ का दिन अपाङ्ग सह्योगार्थ दोस्रो साँस्कृतिक प्रस्तुति भब्य सम्पन्न गरेको छ ।
उक्त कार्यक्रका प्रमुख अतिथि नेपाली दुतावास बहराईनका श्रम सहचारी विश्वराज न्यौपानेले गरेका थिए । विशेष अतिथिहरुमा गैर आवासिय नेपाली संघका अध्यक्ष टंक बस्नेत, बरिष्ठ समाजसेवी गम गुरूङ , नेपाली क्लवका अध्यक्ष दुर्गा गिरी, लगायत अन्य अतिथिहरू सह्योगदाता, समाजसेवी, बुद्धिजिवि, न्यायप्रेमी, पत्रकारहरु थिए ।
नेपाल स्थित अपाङ्गहरूको विशेष सह्योगार्थ दोस्रो साँस्कृतिक कार्यक्रमका सभापति राम बर्तौला र संचालन वरिष्ठ लोक तथा दोहरी गायक अशिम महतले गरेका थिए ।
प्रमुख अतिथि, विशेष अतिथिले राष्ट्रिय गान संगै संयुक्त रूपमा द्धिप प्रज्वलन गरेका थिए भने कार्यक्रम सभापतिले औपचारिक कार्यक्रमको ब्यानर खोलेर उद्घाटन गरेका थिए ।
शुभकामना मन्तब्य प्रमुख अतिथि श्रम सहचारी न्यौपानेले राष्ट्रिय मौलिक कला संस्कृतिलाई जगेर्ना गर्दै च्यारिटी सो भुमिका प्रशंसनिय रहेकोले स्थानिय नेपालीहरूलाई पहिलो प्राथामिकता दिएको खण्डमा अझ प्रभावकारी र उनिहरू प्रतक्ष लाभान्वित हुने बताएका थिए ।
राष्ट्रिय ख्याति प्राप्त लोक तथा दोहोरी गायक पशुपति शर्मा तथा गायिका चन्दा अर्याल लगायत मिलन अमात्य, सरिता पाख्रिन लामा, सगुन श्रेष्ठ, रश्मी तामाङ्ग विभिन्न बिधाका गायक, गायिका नृत्य नृत्यगनाको बेजोड प्रस्तुतिले उपस्थित श्रोता तथा दर्शक एवंम शुभेच्छुकहरू लाई भरपुर मनोरञ्जनले मन्त्रमुग्ध बनाएको थियो । त्यस्तै (भद्रगोल)का चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे तथा कुमार कटेलको जोडीले पेट मिचि-मिचि हाँस्न बाध्य बनाएका थिए ।
विशेष अतिथि, वरिष्ठ समाजसेवी तथा सभाध्यक्षले कार्यक्रमलाई सफल बनाउन अहम भुमिका निर्वाह गर्नु हुने सह्योगदाता, भद्रभलाद्मी, समाजसेवी, बुद्धिजिवि, न्यायप्रेमी, पत्रकार,कलाकारहरू, सबै लाई सम्मान स्वरुप कदर पत्र प्रदान तथा ताम्रपत्रले प्रदान गरि सम्मान गरेका थिए । नृत्य निर्देशक सगुन श्रेष्ठले आयोजक परिवारलाई टि-सर्ट उपहार प्रदान गरेका थिए ।
देशमा पटक-पटक भएको विविध ,अकल्पनिय ,अनिस्ट घटनाले देश थिला,थिला परेकोले यस कार्यमा प्रतक्ष वा अप्रतक्ष रूपमा सह्योग गर्नु हुने सम्पुर्ण सह्योगदाता, कलाकार, पत्रकार,दर्शक साथै बिसेष नेपाली क्लव प्रति सदैव ऋणि रहेको बताउँदै हार्दिक धन्यावाद दिँदै सभाध्यक्ष बर्तौलाले औपचारिक कार्यक्रम समापन गरेका थिए ।