बहराईनमा नेपाली बहादुर सम्मान

Read Time:2 Minute, 17 Second

कृष्ण सारू मगर

बहराईन ,२०मार्च  – गएको १६ मार्च २०१५ का दिन डिएक्सएन कार्यलयको सभाकक्षमा डिएक्सएन बहराईले एक विशेष कार्यक्रम गरी सुबास गुरुङ लाई सम्मान गरेको छ । गुरुङ हर्वल सम्बन्धि सफल प्रशिक्षार्थी सहित  प्रथम भएका थिए । हर्वल मलेसियाले उत्पादन र अन्य देशले बिक्री बितरण गर्दै आईरहेको छ ।

सो, औपचारिक कार्यक्रमलाई  संचालन हरऔन रसिदले गरेका थिए भने डि.एक्स.एन.कं.शाखा बहराईनका म्यानेजर बेनी एन्टोनीले स्वागत मन्तब्य दिएका थिए ।

स्थाई घर बारा जिल्ला निजगढ ७ आदर्स निवासी बुबा किशोर गुरूङ्ग तथा आमा तारा गुरूङको कोख बाट २५ श्रावण २०४५ मा जन्मेका गुरूङलाई पहिलो पटक नेपालीलाई यूएईका पूर्व लागुऔषधालय नियन्त्रण विभागिय पुर्व मन्त्री एवं डिएक्सएन एक्जुकेटिब डबल डाईमण्ड समेत रहेका डा.हसन अल कतारीले गुरुङलाई सम्मान गरेका हुन ।

 

 

 

 

सो कार्यक्रमका विषेश अतिति डा.ले डिएक्सएन हर्वल संवन्धि प्रशिक्षण दिँदै नेपालीहरू कडा मेहनती, ईमानदार र विश्वाशिलो भएको साथै संसारकै अग्लो पहाड रहेको सगरमाथाको देशले पनि परिचित छ । नेपाल यस्तो देश हो जहाँ विविध प्राकृतिक सौन्दर्यताले सुन्दर सुमन्नत राष्ट्र मध्य एक पर्दछ । नेपाल र नेपालीहरू प्रति खुलेरै प्रसंशा गरे । गुरुङलाई बहराईनमा सम्मान गर्न पाउँदा उनि निकै हर्षित भएको डिएक्सएन नेपाली परिवार समुहका सदस्य रमेश गिरीले राज्यसत्ता डटकम लाई बताए ।

 

 

डिएक्सएन “हर्वलको उत्पादन प्रयोग गरौँ ,स्वास्थ्य रहौँ बाचौँ अनि बचाऔँ”

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %