आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले युएईबाट सहयोग पाउने

Read Time:4 Minute, 0 Second

नवराज गुरुङ,

१८ मार्च 2015,  आबुधाबी

 नेपाल आदिवासी जनजाति परिषद् युएईले आदिवासी जनजाति राष्ट्रिय आन्दोलनलाई आर्थिक रुपमा सहयोग गर्न परिषद्का प्रवक्ता मौसम सुब्बाको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरेको छ |


परिषद्का नव निर्वाचित अध्यक्ष मोहन कुमार तामाङको अध्यक्षता र भूपू अध्यक्ष हरि बहादुर घर्ति मगरको विशेष आतिथ्यतामा गत १३ मार्च शुक्रवार आबुधाबीको हाम्दाम कर्नेश पार्कमा भएको परिषद्को पहिलो बैठकले उक्त निर्णय गरेको हो |
संयुक्त राष्टसंघका बडापत्र,अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजमा प्रत्याभूति भएका आदिवासी जनजातिहरुका जन्मसिद्द अधिकारहरुलाई वेवास्था गरेको, आइएलओ महासन्धि १६९ लाई उल्लघंन गरेको, पटकपटक गरेका सहमति सम्झौताको कार्यन्वयन नगरेको, साथै सदियौ देखि विभिन्न वाहनामा राज्यले आदिवासी जनजातिहरुलाई ठगेको,हेपेको विभेद गरेको एवं धोका दिएको हुँदा, जातीय,लिंगीय र क्षेत्रीयरुपमा निरन्तर रहँदै आएको विभेद सदा-सदाको अन्त्यको निम्ति, साथै भावी संविधानमा आदिवासी जनजाति हरुको पुर्खौली थातथलोलाई राज्यको पुनर्संरचना गर्दा, पहिचानको रुपमा सुनिश्चित गर्न वरिष्ठ मानव अधिकारवादी श्रदेय नेता पदमरत्न तुलाधरको नेतृत्वमा भै रहेको आदिवासी जनजातिहरुको सम्झौताहीन राष्ट्रिय आन्दोलनलाई आर्थिक रुपमा सहयोग गर्न परिषद्का प्रवक्ता मौसम सुब्बाको संयोजकत्वमा उपमहसचिव सोनाम दोर्जे लामा, महिला विभाग प्रमुख प्रमिला थापामगर,सांस्कृतिक विभाग प्रमुख माया गुरुङ र खेलकुद विभाग प्रमुख केशर थापामगर रहेको ५ सदस्यीय आर्थिक सहयोग समिति चयन गर्दै, यस महानकार्यमा चन्दा सहयोगको निम्ति सहयोग गरिदिनुहुन, युएईमा रहनुहुने सम्पूर्ण न्यायप्रेमी दाजुभाई तथा दिदीबहिनीहरुमा परिषद्ले विशेष आनुरोध गरेको छ |


साथै बैठकले गत ७ फेब्रुअरीमा अलेनको जाविलपार्कमा भएको परिषद्को ऐतिहासिक तेर्सो महाधिवेशन, ऐतिहासिक रुपमा नै ऐतिहासिक रहेको समिक्षा गर्दै, नेपाली आदिवासी जनजाति हकअधिकार जागरणको रुपमा विगत चार वर्ष देखि नेतृत्वदायी भूमिका निर्वाह गरेको परिषद्ले करिव चारसय नेपालीहरुको उपस्थ्तितिमा तेर्सो महाधिवेशन गर्नु सफल हुन्, परिषद्को लोकप्रियता अत्यधिक रहेको दावी समेत गरेको छ |


युएईको अलेनमा भएको उक्त तेस्रो महाधिवेशन पछिको पहिलो वैठक वरिष्ठ उपाध्यक्ष भिम घिसिंग, अतिथिहरु नेपाल मगर संघ युएईकि अध्यक्ष शुशी पुलामी मगर,हरि बहादुर घर्तिमगरले आफ्नो विचार राखेका थिए | महासचिव नवराज गुरुङले संचालन गरेको बैठकलाई उपाध्यक्ष चन्द्रकला साम्पांग राईले स्वागत मन्तव्य दिएकी थिइन् |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %