प्रतिभाकी खानी सुशिला थापामगर, मगर भएकै कारण ओझेलमा

Read Time:2 Minute, 57 Second

{youtube}https://youtu.be/2qvvDaAm4OY{/youtube}

जातकै कारण पढ्न नपाएको ,सरकारी जागिर खान नपाएको, बढुवा नभएको तथ्यहरु प्रसस्त छन जातिय छुवाछुत भेदभाव गर्न नहुने कानुन बने पनि व्यवहाँरमा त्यो लागु भएको छैन जातकै कारण कैयौ कामी ,दमाई, सार्की आदी दलित भनिएका समुदाय पसु भन्दा तल्लो दर्जामा राखी राज्यद्वारा नै अछुत बनाई तुच्छ व्यवहाँर गरिएको छ एउटा कुकुरले घर भित्र पस्न हुन्छ तर कामी दमाई दैलोमा तेके बापत भौतिक सजाय भोक्नु पर्दछ । जातिय बिभेद हिजो र आजमा कुनै भिन्नता छैन फरक विभेदको शैलिमा मात्र छ । जातिय कारणले सरकारी काम काजमा अवसर नपाउनु,व्यापार व्यवसाय गर्न बाट बन्चित हुनु सामान्य जस्तै भएको छ । बिभिन्न क्षेत्रमा जातिय विभेद भए जस्तै कलाकारिता क्षेत्र पनि अछुतो रहेको छैन त्यस्तै बिभेद्को शिकारमा परेकी एक सफल उत्कृष्ट अभिनेत्री ,नृत्यांगना हुन शुशिला थापा मगर ,उनी मगर भएकैले उपेक्षामा परेकी छिन् । उनिद्वारा अभिनित चलचित्र मोड्याल्नी(लोकन्टी)ले अन्तरास्ट्रिय आदिवासी चलचित्रमा उत्कृष्ट चलचित्रको अवार्ड हात पार्न सफल भएको थियो उक्त फिल्म अहिले धेरै भन्दा धेरै दर्शकले मनपराई रहेको तथ्य लाखौं दर्शकले हेरेको यू ट्युवको हिट्सले देखाउदछ । जुन नेपालमा सर्वाधिक हेरिने चलचित्र मध्येमा पर्दछ । नेपालका राष्ट्रिय चलचित्रकर्मी भनेर दावी गर्नेहरुले उनलाई थप चलचित्रहरूमा मौका दिन चाहेनन् ।

राष्ट्रिय नाचघर ,काठमाडौँमा सरकारी जागिरे सुशिला एक सफल नृत्यांगनाका साथ सफल अभिनेत्री पनि उनी तर पनि ओझेलमा परेको बारे खुल्दुली मेट्न , तपाईंलाई अन्य चलचित्रहरूमा देख्न पाइएन नि’? भन्ने जिज्ञासा राख्दा उनको जवाफ थियो, “सायद म अरू हिरोइन हरुले जस्तो फिल्म खेल्न जे पनि गर्न पछि नहटेको भए र आदिवासी समुदायको नारी नभएको भए मैले धेरै चलचित्रहरूमा मौका पाउने थिएँ होला”।हेर्नुस् उनिद्वारा अभिनित उत्कृष्ट चलचित्र मोड्याल्नी ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %