पूजा शाहको बलात्कारपछि निधन,बेलायती नेपाली महिलाहरूको प्रेस – बिज्ञाप्ति

Read Time:1 Minute, 35 Second

लन्डन ,१५ मार्च  – ६ वर्षीया बालिका पूजा शाहको बलात्कारपछि उपचारका क्रममा निधन भएको घट्नाले बेलायतस्थित नेपाली महिला संगठनहरु स्तव्ध भएका छन् । उनीहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै घट्नाको कडा शव्दमा भर्त्सना समेत गरेका छन् ।

ति संगठनले घट्नालाई अत्यन्त निन्दनीय, संवेदनाहीन र अमानवीय बताउंदै दोषीलाई कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकारसंग माग गरेका छन् । साथै पीडित परिवारलाई न्यायोचित अधिकतम रकम क्षतिपूर्ति उपलव्ध गराउन पनि उनीहरुको जोडदार माग छ ।

नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपलिज नर्सिङ एसोसिएसन यूके, किरांत याक्थुङ चुम्लुङ महिला समिति यूके, नेपाली महिला समिति यूके, नेपलिज वुमन एसोसिएसन यूके, मगर महिला संघ यूके र तमुधिं आमा समूह यूकेले यस किसिमको अक्षम्य एवं निकृष्ट शैलीको महिला हिंसा अन्त्य गर्न सरकारसंग माग समेत गरेका छन् । बलात्कारपछि कान्तिवाल हस्पिटल भर्ना गरिएकी ति बालिकाको उपचारका क्रममा १६ दिनपछि निधन भएको थियो ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %