विनोद रखाली मगर
गल्याङ् , फाल्गुन ३० – नेपाल खेलकुद महासंघ क्षेत्र न. ३ स्याङ्जाले जिल्लाको तेस्रो व्यापारीक केन्द्र गल्याङ्मा आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिताको उपाधि सङ्गै उपविजेता दुवैमा कव्जा जमाएको छ ।
पिपलभन्ज्याङ्को वि समुहले आफ्नै ए समुहलाई सोझो ३ सेट हात पार्दै उपाधि जिल्लाकै सर्वाधिक धन रासीको पुरस्कार नगद रु. ८० हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपविजेता पिपलभन्ज्याङ् ए समुहले उपविजेतामा चित्त वुझाउदै नगद रु.५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त सुरक्षित गर्यो ।
राष्ट्रिय खेलाडी समावेश गरेको पिपलभन्ज्याङ्को दुवै समुह अन्तिम दुई स्थानमा प्रवेश गरेका थिए । यता आयोजक खेलकुद महासंघ तृतीय स्थान ओगट्दै नगद रु.३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । गल्याङ्कै शान्ति दिप युवा क्लव सान्त्वना स्थानमा उभिदै नगद रु. १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो । कार्यक्रममा चर्चित लोक दोहोरी कलाकार रामजी खाँड, कृष्ण गुरुङ्ले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रमको समापन सविंधान सभाका सदस्य मुक्ति प्रसाद पाठकले गरेका थिए ।