गजलकारलाई स्टेज

Read Time:1 Minute, 40 Second

 मनोज घर्ती मगर


पोखरामा साहित्यका अनेकन कार्यक्रम भइरहन्छन् । कविताले बजार तताइरहेका बेला पोखरामा १० जना गजलकारलाई एकै पटक स्टेजमा उतारियो । शनिबार गजल सन्ध्या पोखराको आयोजना तथा आदर्श नेपाल राष्ट्रिय दैनिकको प्रस्तुतीमा विशेष गजल वाचन भएको हो । गजल वाचनमा १० जनाले मायाप्रेम, देश, माटोको माया, समसामयिक विषयवस्तु जस्ता विषयमा आफ्ना ३० वटा भन्दा गजल सुनाए ।
पोखराका ६ जना गजलकारहरु र पुर्वी तथा पश्चिम नेपालबाट आएका चार गजलकारहरुलाई स्रोताहरुले पनि उत्तिकै साथ दिए । पश्चिम कैलालीबाट विवेक विषालु, पुवी झापाबाट केशव भट्टराई, चितवनबाट गिता पौडेल र काठमाण्डौबाट एमपी केयरलेस पोखरा आएका थिए । पोखरामा निरन्तर गजल लेख्दै र वाचन गर्दै आएका ईश्वरमणी अधिकारी, शिव पलाँस, अमित ढकाल ‘निर्जन’, प्रतिक्षा सस्मित र किसानको गजलहरुलाई पनि स्रोताले उत्तिकै रुचाए । कवयत्रीको रुपमा चर्चा कमाईसकेकी सरस्वती प्रतिक्षालाई गजलमा पनि स्रोताले साथ दिए । गजलको संस्थागत विकासका लागि कार्यक्रमको अवधारणा ल्याएको गजल सन्ध्या पोखराका अध्यक्ष उदिपराज ढुंगानाले बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %