कृष्ण सारु मगर
बहराइन, १४मार्च – नेपाली इन्द्रेणी समुहले बहराईनको राजधानी मानमा स्थित सित्तल नेपाली रेष्टुरेन्टमा १३ मार्च २०१५ का दिन बसेको बैठकले समस्त भद्रभलाद्मी तथा पत्रकारहरू समेतको उपस्थितिमा बृहत छलफल तथा अन्तरकृया गरि कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी चर्चित गायक पशुपति शर्मा र गायिका चन्दा अर्यालको सुमधुर आवाज संग-संगै चर्चित आधुनिक तथा पप गायिक मिलन अमात्य, र आधुनिक तथा सेलो गायिका सरिता पाख्रिन लामा रहने छन भने चर्चित हाँस्य कलाकार (भद्रगोल)का अर्जुन घिमिरे तथा कुमार कट्टेल, एवंम नृत्य निर्देशक, सगुन श्रेष्ठ तथा सुन्दर कला प्रतिभाकी धनि साथै विभिन्न म्यूजिक भिडियोमा मनमोहक नृत्यले पहिचान जमाउँन सफल नृत्यगना रस्मी तामाङ समेतको बेजोड प्रस्तुतिले उपस्थित श्रोता तथा दर्शक एवंम शुभेच्छुकहरू लाई भरपुर मनोरञ्जन दिने छन ।
उक्त सह्योगार्थ प्रवेश शुल्क बाट संकलित रकम लाई राष्ट्रिय चर्चित कलाकारहरूका संयोजक समेत रहेका नृत्यकारका शिक्षक सगुन श्रेष्ठ तथा अन्य कलाकारहरूको सह्योगमा नेपाल स्थित अपाङ्गहरूको लागी विषेश राहत होस् भन्ने हेतुले साँस्कृतिक कार्यक्रम संचालनका लागी वरिष्ठ लोक तथा दोहरी गायक समेत रहेका अशिम महत लाई जिम्मेवारी सुम्पदैँ १०-महिला तथा १५ पुरूष सहित स्वंम् सेवक समेत रहने निर्णय गरेको छ ।
सो, इन्द्रेणी समुहले नेपाली राष्ट्रिय मौलिक कला संस्कृतिलाई जगेर्ना गर्दै दर्शक तथा श्रोता तथा सुभेच्छुक सबैमा हार्दिक अपील गर्दै साँगितिक प्रस्तुतिमा भब्य सफल बनाउनका लागी आयोजक परिवारले संयुक्त छलफलमा संयोजक बर्तौलाको समितिले ६जनाको सदस्य समिति चयन गरेको छ । जस्मा क्रमश: कोषाध्यक्ष राजु सोनाम, महासचिव अजित घाम्बोले, सदस्यहरू कबिन ब्लोन तामाङ, कुल ब. सोनाम र रित श्रेष्ठ रहेको छ ।
सो, कार्यक्रम यहि आउँदो २० मार्च २०१५ बहराइनको राजधानी मानमा स्थित डेलमन ईन्टरनेश्नल होटलको सभा हलमा हुने कुरा पनि सो पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।