बिजय हितान
१२ मार्च ,२०१५
बेलायत बसाई सर्नुभन्दा अगाडी लाग्थ्यो यहाका स्त्री पुरुषमा समान अधिकार छ, महिलाहरूले पीडा सहनु परेको छैन । यति बिकसित यो देश, सम्झिन्थें यहा लैङ्गिक विभेद छैन, छात्र छात्राहरू एउटै स्कुल जान्छन् । सम्झेको थिएँ यो रानीको देश, अनी आइरन लेडीले एक दशक हाँकेको देश । यहाको मन्त्रिमन्डलमा आधा पुरुष आधा महिला मन्त्रीहरू होलान् भनेर तर कुरो त्यसो रहेनछ । सन २००८ मा बेलायत बसाई सरेपछी थाहा लाग्यो मेरो सोँचाइ गलत् रहेछ । बिस्तारै यहाको जीवन भोगाइपछी अनुभव हुनथाल्यो यहा पनि नेपालमा जस्तै उत्तिकै लैङ्गिक विभेद रहेछ । नारी दिवस पारेर गरिने कार्यक्रम र बेलाबेलामा सुनिने संचारका स्रोतबाट ज्ञान भयो महिला प्रतीको असमानता टड्कारो रुपमा यहा पनि बिध्यमान रहेछ । क्रमश: यो देश प्रतिको मेरो सकारात्मक धारणा परिवर्तन हुनथाले । कार्यलयमा हुने महिला प्रतिका असमान पारिश्रमिक र दुर्ब्याबहार; समाज र घरपरिवारमा हुने हत्या, हिँशा र बलात्कार; फुटबल खेलमा हुने सेक्सिज्म इत्यादीले मलाइ कहीले काँही खुबै पिरोल्छ । यो देशमा कुकुर त्यति मर्दैनन होला बरु कयौँ महिला बलात्कारित हुँदा रहेछन् गल्लीमा । त्यत्तिकै महिलाहरू कार्यलय, सार्बजानिक स्थल र घरमै यौन दुर्ब्याबहारबाट पिडित हुँदा रहेछन् । एउटा संगठनको पुरुष प्रबन्ध निर्देशकको तलव सालको एक लाख हुँदा त्यस्तै अर्को संगठनको महिला प्रबन्ध निर्देशकको तलव आधा लाख हुँदोरहेछ ।

गत बर्ष डेभिड क्यामरनको मन्त्रिपरिषदमा मुट्ठिभर महिला मन्त्री भएकोहुँदा उसले खुबै आलोचना खेप्नु परेको थियो । चर्चका तल्ला स्तरमा थुप्रै महिला भएतापनी एउटा क्षेत्रको आर्चिबिशोप भनिने ठुलो पदाधिकारी महिला न हुँदा रहेछन्, पुरुष मात्रै रहन पाउने नियम रहेछ । बल्ल हिँजआज यो पदमा एक महिला आएकी छिन ।
नेपाल छँदा बेलायती महिला र पुरुषमा केही भिन्नता छैन् भनेको सुन्दा त महिला पुरुष एउटै सौचालय जान्छन भनि परिकल्पना गरेको थिएँ । सौचालय त के बिधालय पनि महिला र पुरुषलाई फरक फरक हुँदारहेछन् । केटालाई छुट्टै केटिकालागी छुट्टै ग्रामर स्कुलहरू देख्दा पञ्चायत पालाका कन्या स्कुल र काठमान्डौको पी के क्याम्पसको याद आयो । मेरो छोरालाई केटाहरूमात्रै पढाई हुने ग्रामर स्कुलमा भर्ना गराउनुपर्दा मलाइ पिर लागेथ्यो ।
सभ्य र शिक्षित बेलायती महिलाको ब्यबहार पनि हाम्रा नेपाली महिलाको जस्तो नहोला भनि ठान्दथें । नेपाली महिला अरुको कुरो काट्छन, सासु-ससुरासँग मिलेर बस्न सक्दैनन्, लोग्नेको आर्जनमा बढी आर्सित हुन्छन् भनेर् भन्ने गरिन्छ । यहाका महिलामा पनि दुरुस्तै ती गुणहरू देख्न पाउँदा महिला भनेको संसारकै सबै ठाउका एउटै हुँदा रहेछन् भन्ने लाग्यो । आफ्ना भाईबहिनी र आमाबालाई असाध्य माया गर्ने; लोग्नेकालाई भने पटक्कै मन नपराउने बानि हुँदो रहेछ । चाखलाग्दो बिषय त यो देशमा यति बिघ्न पारपाचुके किन हुन्छ भन्ने लागेको जिज्ञासा थियो कारण रहेछ लोग्नेको सम्पत्तिलाई हत्याउन ।
अझ आश्चर्य लाग्दो कुरो त के पो पाएँ भने साधारण मानिसले पढने दैनिकी ‘सन’ भनिने पत्रिकाको तेस्रो पानामा त अर्धनग्न युवतीको फोटो, जसलाई पेज थ्री गर्ल भनेर जानिन्छ, छापिँदो रहेछ ! पत्रिकाको प्रबन्ध निर्देसक महिला न रहेर हो या अरु कारणले यस्तो छाडा चलनलाई किन यहाका महिलाले बिरोध नगरेका ? ब्यापारिक फाइदाले होला त्यसो गरेको । बल्ल हिजोआज आएर सुन्नमा आएको छ लामो समयसम्मको आन्दोलनपछी यस पत्रिकाले पेज थ्री गर्ल हटाएको छ ।
नेपाली र बेलायती महिलामा अलिकति एउटा भिन्नता के पाइन्छ भने टेलिभिजनमा अन्तर्वाता दिनपर्यो भने महिला अघि सर्दा रहेछन् । परिवार कतै घुम्न जाँदा लोग्नेले भन्दा स्वास्नीले ड्राइभिङ बढी गरेको पाइन्छ ।
सभ्य समाज अनी मानव अधिकार र स्वातन्त्रताको जननी भनेर परिचित देशमा पनि यस्तो अमानविय व्यवहाँर देखिदा मैले सधैं प्रश्न गर्दछु आखिर महिला र पुरूषमा किन यस्तो भिन्नता ? कतै महिला र पुरुषको आनुबंसिक, शारिरिक, ब्याबहारिक इत्यादी भिन्नताले गर्दा समान अधिकारबाट बन्चित हुन परेको त होईन ?
मुस्लीम रास्ट्रहरुमा महिलाहरू अमानविय व्यवहाँरको सिकार भएको देख्दा त अझै के प्रश्न तेर्सिन्छ भने के बास्तवमा महिला मानवको श्रेणीमा पर्दछन ? की कतै पुरुष यस प्रिथ्विमा जलचर जस्तै अगाडी आए र महिला स्थलचर जनावर जस्तै पछि आए । फल्सरुप बिकासको क्रममा पुरुष मानव भैसकेका र महिला अझै पनि अमानवको अवस्थामा छन् र ? त्यसो हुन नपर्ने, किनकी बाइबलले केटा र केटी दुबैलाइ भगवानले यस धरतिमा एउटै समयमा पठाए भन्दछ । दुबै जातको अस्तित्व एकै समयमा सुरु भयो भने एक मानव र अर्को अमानव त हुन नपर्ने ! त्यसो हो भने किन महिलालाई अमानविय ब्याबहार त ? हामी मानवमा मात्रै के कमी के बढी भन्ने हमसुस गर्छौँ, कुन समानता हो कुन असमानता हो बुझ्दछौँ । मानवका यी दुई जातिमै यतिका असमानता पाउँदा कतै पुरुष मात्रै मानव र महिला मानव होइनन भन्ने शन्का उब्जन्छ ।
अब अर्को प्रश्न के तेर्सिन्छ भने कतै महिलाको आफ्नै व्यवहाँरले गर्दा अमानविय व्यव्यहार भोग्नु परेको त होईन ? कतै उनको शारीरिक रुप र ढाँचाले त्यसो भएको त होईन ? हामीले भन्ने गर्छौँ नी कसैले कसैलाई कुटपिट गर्यो, असमान ब्याबहार गरियो भने त्यो मानविय व्यवहाँर भएन नी भनेर । यस्तो अवस्थामा की त पीडा दिने की त पीडा लिने मध्य एक कतै मानव होइनन की भन्ने शँका उब्जिन्छ । यदि दुबै मानव हुन्थे भने यो खाडल न तेर्सिनु पर्ने ।
महिला पुरूषभन्दा शारीरिक रुपमा धेरै भिन्न हुन्छिन । स्यानी हुन्छिन, बाल लामो पाल्छिन, शरीरमा रौँ कम हुन्छन्, प्रजननका अँग भिन्न हुन्छन्, एउटै भाषा बोले पनि बोलिको स्वर भिन्न हुन्छ, बलियी हुन्निन । जसले गर्दा पुरुषले शारीरिक प्रतिस्प्रधामा सधैं उछन्छन् । पुरुषहरू छिटो दौडन्छन्, गरुङो भारि बोक्दछन्, महिला भन्दा माथी उफ्रन र लामो छलाङ मार्न सक्छन् । महिलाहरू ढिला हुन्छन् । झनै नौ महिना बच्चालाई पेटमा बोक्दा त उनिहरुको शरीर भारि हुन्छ । त्यसै गरि शरीर भित्रको अनुबंस पनि त फरक् हुन्छन । यसैगरी उनको ब्याबहार र पहिरनमा पनि फरक् हुन्छ । उनी रङीबिरङी सारी, कुर्ता लगाउन्छिन; छोटो र पारदर्शी चोली र स्कर्ट पहिरन्छिन; हातमा चुरा, आंखामा गाजल, ओंठमा लाली, गालामा पाउडर, घाँटिमा तिलहरी, नङमा पोलिस इत्यादी पोतेर आफैलाई आकर्शिक बनाउँछिन । यसो गर्नु एउटा कला हो र त्यसको सम्मान गर्नु मानविय गुण हो । तर कतै महिलाको यो श्रिंगारिक कला अधिकार हनन र अमानविय ब्याबहारलाई प्रोत्साहन गर्ने तत्व त बनेको छैन ? शारीरिक बनोट त परिवर्तन् गर्न सकिन्न क्यारे, तर यी लाउने हिंडने ब्याबहारलाई परिवर्तन् गरि पुरुष जस्तै बनाउन सकियो भने कतै छिट्टै समान अधिकारको हकदार हुन्छिन की उन्नी भन्ने मेरो धारणा ।
होईन भने,अग्रगामी परिवर्तनको लागि महिलाले आतंककारी रुप लिन पर्छ की भन्छु म त । १०० बर्ष भैसकेछ बिश्वका महिलाहरू आफ्नो हक र अधिकारकोलागी एकजुट भएका । तर यसको प्रगति भने कछुवाको चाल छ । अब यसरी यथास्थितिमा बसे पूर्ण अधिकार पाउन अर्को १०० बर्ष लाग्ने देख्छु । सभा, दिवस र भासणमै सिमित हुने हो भने सोभियत संघ र नाटो देशहरूको सितयुद्दछेकाको बर्लिन पर्खाल भत्किन समय लागेजस्तै यो असमानताको पर्खाल भत्किन समय लाग्नेछ । सिघ्र अधिकार खोज्ने हो भने अब आन्दोलनको झिल्कोलाई युद्दको राँको बनाउन पर्छ की ? नेपालमा मावोबादीले हतियार न उठाएको भए निरङ्कुस राजतन्त्र आज ढल्ने थिएन र राजनैतिक समाबेशीको चर्चा हुन थिएन । आइससको युद्द जस्तै बन्दुक र तोप उठाएर तर्साउन सके मात्रै त्यो समान अधिकारको फल पुरुष र महिला संगै बसेर उपभोग गर्ने थिए की ?
त्यसैले के भन्न मन लाग्छ भने- छोड महिला हो लिप्स्टिक पाउडर लगाएर हिड्न र घरमा छोराछोरिलाइ काख च्यापेर बस्न, त्याग महिला हो भान्सामा डाडु पन्यु समातेर बस्न । ती कोखा र हातमा अब बन्दुक समाउ । छोड डोकोमा पानीको गाग्रो बोक्न । अब सिक ती डोकामा बारुद बोक्न । बच्चा जन्माएपछी लामो सुत्केरी बिदा र सुत्केरी भत्ता खाएर आफ्नै खोपीमा नबसेर लोग्नेलाई बच्चा हेर्ने जिम्मा दिएर तिमी काममा फर्क । वीर र शाहसी बन पुरुष जस्तै । अनी हेर त किन समान अधिकार पाउन सक्दैनौ । प्राणीमध्येमा हामीनै मानव हौं त्यसैले सभ्य छौं भनिन्छ तर अझै यसलाई केलाउने हो भने महिला र पुरूषमा को मानव हो भन्ने प्रश्न तेर्सिन्छ । यी भिन्नताले गर्दा हामी दुबै मानव हुन सक्दैनौ । एक पशु एक मानव हुनपर्छ ।
हितान बेलायतमा कार्यरत बुद्दिजिवी हुन ।
