भारतीय भूपूका अध्यक्ष जजिनले गरे उदाहरणीय कार्य

Read Time:6 Minute, 39 Second
मुककाजी (काजी) गुरुङ, हङकङ

भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका वर्तमान अध्यक्ष तथा टेम्माली परिवार हङकङका अध्यक्ष श्री जजिन चाम्लिङ राईले हालै एक महिनाको नेपाल बिदामा एक उदाहर्णीय कार्य गरि कर्मभूमि हङकङ फर्केका छन ।
लगभग दुई दशक कर्म भूमि हङकङमा आफ्नो समय बिताई सकेका जजिन चाम्लिङ पूर्व भारतीय गोर्खा सैनिक हुन भने सन २०१० मा स्थापना गरिएको भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका वर्तमान अध्यक्ष हुन ।
प्रवासमा रहेर पनि बिभिन्न संघसंस्थामा आवद्ध रहनु भएका समाजसेवी तथा परोपकारी मन भएका अध्यक्ष जजिन चाम्लिङ खोटाङ निवासी हुन भने अध्यक्ष चाम्लिङले आफु जन्मेको गाउंठाउंलाई केहि गर्नु पर्छ भन्ने सोंच लिएर खोटाङस्थित श्री कृष्ण उच्च माध्यमिक बिधालय टेम्माको बिधालयलाई पुस्तकालय भवन निर्माणको लागि अध्यक्ष जजिन चाम्लिङको संयोजकत्वमा हङकङमा रहेका टेम्माली परिवारहरुले नेपाली १० लाखको हाराहारीमा आर्थिक सहयोग गरेका छन । उक्त आर्थिक सहयोग श्री जजिन चाम्लिङले बिधालय प्राध्यापक, टेम्माका बुद्धिजीवि तथा समाजसेवीहरुको मांझ हस्तान्तरण गरेका हुन । कार्यक्रममा खोटाङ क्षेत्र न २ नेकपा एमाले सभासद बिशाल भटराई प्रमुख अतिथिको रुपमा आमन्त्रित थिए भने विध्यालय प्रधानध्यापक खेमराज मगरले कार्यक्रमलाई संञ्चालन गरेका थिए।
कार्यक्रममा प्रमुख, बिशेष र अन्य अतिथिहरुले आ-आफ्नो मन्तब्य राखेका थिए । मन्तब्यकै क्रममा खोटाङमा पर्ने टेम्मा एउटा सानो गाविस भएको र त्यसमा आफुले पढेको विध्यालयमा पुस्तकालय भवन निर्माण गरे शिक्षामा सहयोग पुर्याउन सकिन्छ भन्ने विचारले यस कार्यमा पहल गरेको भन्दै जजीन चाम्लिङले मन्तब्यको साथमा ६ महिना भित्रमा भवन निर्माण गर्ने लिखित प्रतिवद्दता दिएको बताउंछन ।
यसैगरि गत बर्ष ४ में २०१४ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको आयोजनामा अपाङ्गहरुको सहयोगार्थ सम्पन्न भारतीय गोर्खा भूपू सांझ-२०१५ मा नेपालबाट आमन्त्रित एक खुट्टा भएकी नृत्य कलाकार रोमा न्यौपाने लगायत अन्य अपाङ्गताहरुको सहयोगार्थ नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङको सहयोगमा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङद्धारा अपाङ्ग सहयोग अक्षयकोष काठमाण्डौं स्थापना गरि फर्केका छन। सो कार्यक्रममा भारतीय गोर्खा भूपू सैनिक संघका अध्यक्ष जजिङ चाम्लिङले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका अध्यक्ष जगदिश प्रसाद अधिकारीलाई अपाङ्ग अक्षयकोष स्थापना गर्नका लागि रु २ लाखको चेक हस्तान्तरण गरेका छन । यसै क्रममा नेपालमा रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले अपाङ्ग सहयोग अक्षयकोष स्थापना गरेको बताउदै आगामी दिनमा पनि यो अक्षयकोषलाई आर्थिक रुपमा वृद्धि गर्दै लैजाने कुरा बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्ग अक्षय कोषले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग मिल्ने बताउंदै यो रकमको पूर्ण रुपमा दुरुपयोग हुन नदिई सदुपयोग गर्नका लागि आफु लागि पर्ने प्रतिवद्धता व्यक्त गरेको बताउंछन । अर्का वक्ता महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह-सचिव शंकर पाठकले भारतीय गोर्खा भूपू सैनिक संघले गरेको यो कार्य अपाङ्गता क्षेत्रमा महत्वपूर्ण भएको बताउदै भारतीय गोर्खा भूपू सैनिक संघ र हङकङमा रहने सम्पूर्ण भारतीय गोर्खा भूपू सैनिकहरुलाई धन्यवाद ब्यक्त गरेको पनि बताउंछन ।
सो कार्यक्रममा नेकपा एमालेकी सभासद मधु गुरुङ तथा रत्न देवी गुरुङले यो अक्षयकोषले अपाङ्गता भएका व्यक्तिहरुलाई हरेक कार्यमा सहयोग पुर्‍याउने बताउदै यो रकमको सदुपयोग हुने बताउंछन । त्यसै गरी नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका अध्यक्ष जगदिश प्रसाद अधिकारीले अपाङ्ग सहयोग अक्षयकोष स्थापना हुनु अपाङ्गता जगतको लागि ऐतिहासिक भएको बताउदै उक्त कोषमा जम्मा गरेको रकम अपाङ्गता जगतमा प्रभावकारी हुने गरी सदुपयोग गर्दै परिणाममुखी र पारदर्शी ढङ्गले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने साथै उहाँले उक्त कोषको समितिमा रहेका ५ जना सदस्यहरुको सक्रिय सहभागिता र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको महत्वपूर्ण सल्लाह र सुझाबमा कोष सञ्चालन गर्ने बताउदै सहयोगी संस्था भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको संरक्षकत्वमा काम गर्ने जानकारी गरेका छन ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %