बेलायतमा आदिवासी नारीले मनाए १०५ औ अन्तराष्ट्रिय नारी दिवस

Read Time:11 Minute, 26 Second

भावना परिष्कृत सुनुवार / कमला थापा

मार्च ८ २०१५ ,बेलायत

८ मार्चका दिन विस्वोभर अन्तरराष्ट्रिय नारी दिवस मनाइरहदा  नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतका नारीहरुले पनि १०५ औ अन्तराष्ट्रिय नारी दिवस अल्डरशट शहरमा विविध कार्यक्रमका साथ भव्य मनाएका छन । यस बर्षको अन्तरराष्ट्रिय नारा “मेक इट ह्यपन” “Make it Happen” र नेपालको लागि “लैगिक मैत्री संबिधान ,महिला हिंसाको निदान “भन्ने मूल नारालाई आत्मासाथ गर्दै बेलायतमा रहेका  नेपाली आदिवासी नारीहरुले  यो दिवस बिबिध कार्यक्रमा साथ मनाए । 

संघकी अध्यक्ष कमला थापाको सभापतित्वमा आयोजित उक्त कार्यक्रक्रममा ,नेपाल आदिबासी जनजाति महाससंघका अध्यक्ष श्री प्रसाद लिम्बुको प्रमूख आतिथ्य , २०१४को मदन पुरस्कार बिजेता साहित्यकार ,समाजसेवी तथा नर्स राधा पौडेलको बिशेष आतिथ्य  रहेको थियो । सभापति ,प्रमुख अतिथि र बिशेष अतिथिबाट पानसमा दिप प्रज्वोलन पस्चात नेपालको राष्ट्रिय गीत ,आदिबासी गीत गाएर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

 

उपाध्क्ष बिमला कुमारी राइको स्वागत मन्तव्यका साथ  अन्तराष्ट्रिय नारी दिवसको बारेमा प्रकाश पारेकी थिइन ।  बेलायतमा नेपाली नारीहरुको प्रवेश इतिहास देखि बर्तमान अबस्था सम्ममा उनीहरुको प्रगति ,चुनौती ,समस्या र अन्य विविध  पक्षहरु समेटिएको एक खोजमुलक कार्यपत्र  साहित्यकार बिश्वास दिप तिगेलाले प्रस्तुत गरेका थिए । बेलायतामा नेपाली नारीहरु नर्सिङ्ग पेशामा अग्रस्थानमा त्यस्पस्चात अन्य बौद्दिक र निर्णायक भूमिकामा ,संचार क्षेत्रमा ,ब्यापार ब्यबसाय ,समाज सेवा र अन्यमा क्षेत्रमा बिस्तारै उपस्थिति बढ्दै गएको बताउदै । मजदुर बर्गमा काम गर्ने धेरै नेपाली नारीहरुले अंग्रेजी भाषा ज्ञानको कमीले शोषण खेप्नु परेको कुरा तिगेलाले जानकारी दिएका थिए भने साहित्य ,कला क्षेत्रमा पनि नारीहरुको उपस्थिती  बढ्दै गएको बताए । यसै गरि बेलायतको पुलिस फोर्समा एक जना पुष्पा सुनुवार मात्र कन्स्टेबल रहेको बताए ।  उनको  कार्यपत्र माथि  शशि सुब्बा थापा ,धर्म तामाङ्ग ,राधा पौडेल ,लारा र कुल आचार्यले टिप्पणी  गरेका थिए । 

घरेलु हिँसाका प्रकारहरु र समाधानको बिषयमा चेतना मुलक कार्यपत्रको प्रस्तुति गरेका थिए  साहित्यकार तथा समाजसेवी लाराले ।  बेलायतमा पनि नारी माथि घरेलु हिँसा हुने गरेको र यस्तो प्रकारको हिँसाबात युरोप ,एसिया र अन्य सबै ठाउका महिलाहरुले धेर थोर शिकार हुने गरेको तथ्यलाई उजागर गर्ने क्रममा ,श्रीलंकाका महिलाहरु जो बेलायत छन् उनीहरु सबै भन्दा बढी घरेलु हिंसाको सिकार हुने गरेको लाराले बताइन । 

उक्त अवसरमा नारीलाई बिबिध बिधामा सम्मान गरिएको थियो । नारी दिवसको अवसर पारेर साहित्यकार लीला सेलिंग माबोलाइ कविताकृति “लाहुरेनी पीडा ” र गीतकार सुमाया राइलाई गीति अल्बम “तातो हावा ” को निम्ति प्रमूख अतिथि ,बिशेष अतिथि र सङ्घकी अध्यक्षबाट फूल,खादा र मायाको चिनोले श्रष्टा सम्मान गरिएको थियो । त्यस्तै मगर संघ बेलायतका अध्यक्ष दुत पुन मगरले नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको निम्ति,नारी दिवसको उपहार स्वरुप अध्यक्ष कमला थापालाई मायाको चिनो मगर संघ बेलायतको तर्फबाट प्रदान गरेका थिए ।  भारतमा बेचिएका बालीकाहरुको सहयोगार्थ लन्डन म्याराथन दौडन गइ रहेकी १९ बर्षीय किसोरी कल्पना तिगेलालाई पनि उनको कदर र सम्मान गर्दै महिला महासंघको तर्फबाट फूल ,खादा ,प्रसंसा पत्र सहित पचास पाउण्डको थैलीले सम्मान गरिएको थियो ।  सम्मानकै क्रममा बेलायतबाट बिबिध बिषयमा उत्च शिक्षा हासिल गर्ने नेपाली नारीहरुलाई ,प्रमुख अतिथि ,बिशेश अतिथि र अध्यक्षको बाहुलीबाट   सम्मान पत्र ,फूल र खादाले सम्मान गरिएको थियो ।

 

आठ मार्च नारी दिवस र नेपाली नारीहरुको शैक्षिक ,सामाजिक ,आर्थिक ,सांस्कृतिक ,राजनीतिक आदि बिषयमा बर्तमान अबस्था ,राज्यको नारी प्रतिको दायित्व, नारीहरुको कर्तब्य र भूमिका उपर विभिन्न आमन्त्रित अतिथिहरुले आ-आफ्नो मन्तब्य व्यक्त गरेका थिए । सहभागीहरुबाट नारी जागरण सम्बन्धी  कविता,मुक्तक आदि बाचन गरिएको गरेका थिए भने  अनिता राना , छबी माया पुन लगायतका कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 

 सन् २०१२ स्थापित उक्त संस्थाले  स्थापनाकाल देखि प्रत्यक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउदै आएको छ ।उक्त कार्यक्रममा मगर संघ बेलायतका अध्यक्ष ,समाजसेवी तथा साहित्यकार दुत पुन मगर (चिमखोले  काइला ),बेलायत छन्त्याल संघका अध्यक्ष तुल छन्त्याल ,किरात राइ यायोख्खा केन्द्रीय समितिका अध्यक्ष पदम राइ ,तमुधी युकेका अध्यक्ष राम चन्द्र (सुर्जे )गुरुङ ,दुरा समाज बेलायतका अध्यक्ष भक्त दूरा ,नेपाल शेर्पा सङ्घका अध्यक्ष ,नेपाल नर्सिङ्ग एसोसियसनकि अध्यक्ष सुशिला कार्की ,आदिबासी जनजाति पत्रकार महासङ्घ बेलायतका अध्यक्ष किरण लिम्बू , नेपाली संघिय समाजबादी युकेका अध्यक्ष धर्म तामाङ्ग ,हिमालयन अर्गनाइजेसनका अध्यक्ष ,किरात धर्म तथा साहित्य उत्थानका समिति बेलायतका अध्यक्ष राम कुमार थेबे ,सेवारो कलाकार सङ्घ बेलायतका अध्यक्ष दुर्गा पांग्मा,याक्थुम माङ्गेना चुम्लुङ्गकी अध्यक्ष कमला लिम्बु ,दुरा सेवा समाज महिला समितिकी अध्यक्ष गंगा माया दुरा ,किरात सुनुवार महिला समाज (किसूम) प्रतिनिधि सावित्री सुनुवार ,नेपाल महिला सङ्घ बेलायत प्रतिनिधि ,मगर महिला संघकी अध्यक्ष हिमाली राना ,अन्तराष्ट्रिय नेपाली साहित्य समाज युकेकी महासचीब लक्ष्मी राइ ,एन आर एन महिला बिभाग प्रमुख बबिता लामा ,नेपलीज वुंमन एसोसियसन युके सचीब शसी सुब्बा थापा ,तमुधि आमा समूह अध्यक्ष पबित्र गुरुङ ,किरात राइ यायोख्खा ग्रेटर समोर महिला समिति अध्यक्ष सावित्री राइ ,एन आर एन युके भूपू अध्यक्ष कुल आचार्य ,विश्व नेपाली साहित्य महासंघका अध्यक्ष बिश्वास दिप तिगेला ,एन आर एन युके सल्लाहकार जंग सुनुवार ,किरात सुनुवार सेवा साज बेलायत सल्लाहकार होम सुनुवार ,किरात याक्थुङ्ग चुम्लुङ्ग केन्द्रिय समिति बेलायत कोषाध्यक्ष ,दिल थेबे ,बेलायत छन्त्याल संघका महासचीब मुकें छन्त्याल ,फोटो पत्रकार छन्त्याल कान्छा ,शेर्पा संघ युरोप बिभाग महासचीब कर्म शेर्पा ,सससलिराप प्रबास कार्य समिति महिला बिभाग प्रमुख युमा लिम्बु ,रेडियो बि जी डब्लु एस प्रतिनिधिहरु प्रमिला लाबुंग राई र पुष्पा गुरुङ ,राज्यसत्ता पत्रिकाका  प्रतिनिधि ,बाताबरणविद तथा साहित्यकार बिजय हितांन मगर , फोटो पत्रकार इलन तमु ,नया संदेश पत्रिका प्रतिनिधि जानुका राइ ,एभरेष्ट टाइम्स पत्रिका,गोर्खा च्यानल , ,समाजसेवी रन्जिता मल्ल , समाजसेवी प्रतिमा गुरुङ ,नेपाल आदिबासी जनजाति महिला महासंघ सल्लाहकार नन्दा चेम्जोङ्ग गङ्गा राइ लगायत अन्य सहभागी महानुभावहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

 

 बिशेष अतिथि र प्रमुख अतिथिबात नारीहरुको निम्ति प्रेरणादायक र सार्बगार्भित मन्तब्य पछि अध्यक्ष कमला थापाले धन्यबाद दिदै सम्मान कार्यक्रम बिशेषत नारीहरुको शिक्षाको क्षेत्रमा उत्साह बढाउन , शिक्षाको क्षेत्रको उत्साहले गर्दा नारीहरुको चौतर्फी बिकासमा प्रोत्शाहन मिलोस र  नारीहरुको सामाजिक , राजनैतिक , आर्थिक क्षेत्रमा पहुच पुराउन शक्ति मिलोस् भन्ने उदश्य  रहेको जनाइन । कार्यक्रम संघकी  महासचीव  बिमला सेनेले संचालन गरेकी थिइन् भने अनिता रानाले सांस्कृतिक कार्यक्रम संचालन गरेकी थिइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %