दुर्गा राजकोटी मगर
शान्तिपूर्ण र्याली गर्दै अधिकार माग्दा टाउकोमा लाठी बर्साई रगत्ताम्मे पार्ने सत्ताधारी काँग्रेस र एमालेबाट सबैलाई चित्तबुझ्ने खालको संविधान निर्माण हुन्छ भनेर जति पर्खि राखिन्छ देश त्यति धेरै बर्वादितिर धकेलिन्छ । जनताको अस्सली मतलाई त्रिशुलीमा बगाएर, धाँधली गरेर दुई तिहाई मत आफ्नो हातमा पार्न सफल कपटी, नालायक, भ्रष्ट, बेईमान काँग्रेस र एमाले सरकारले देशलाई बलात्कार गरिरहदा हामी यस देशका आदिवासी हौ भुमीपुत्र हौं भन्ने आदिवासी जनजाती नेताहरु कुन दुलोमा पसेर टुलटुलु हेरीरहनु भएको छ ?
आफ्नो मातृभूमी बलात्कृत भईरहदा हामी निरिह प्रणाली जस्तो टुलुटुलु हेरी बस्नु जत्तीको अपराध अरु केही हुन सक्छ ? त्यसैले सम्पूर्ण यस देशका भूमी पुत्र हो अब दिन दहाडै मातृभूमी बलात्कृत भैरहदा हामी चुपचाप अन्याय सहेर बस्ने समय होईन । संगठीत भएर बलात्कार गर्ने ती सामन्त, शोषक, अत्याचारी, भ्रष्ट शासकलाई जनताको सामु चोक चोकमा नाङै सिस्नु पानीले हिर्काएर अन्तमा फाँसीमा लट्काउनु पर्ने बेला आएको छ । पहिचानको कुरा गर्दा जातीयताको कुरा गर्ने वेहकुफ काँग्रेस र एमालेका नेताहरुलाई अब आक्रामक रुपमा आन्दोलन नगर्दा सम्म टेर्नेवाला स्थिति देखिदैन ।
मँगरात, लिम्बुवान, नेवाः, थरुहट आदिलाई पहिचान नमानेर जातीय राज्य मान्ने हो भने देशमा नामांकन गरिएका स्कूलका नाम, अस्पतालका नाम, राजमार्गका नाम, चोक र गल्ली सबैका नाम परिवर्तन गर्नु पर्छ । जस्तै वि.पी. पथ, अरनिको राजमार्ग, ज्ञवाली पथ, महेन्द्र राजमार्ग, कामी टोल, क्षेत्री टोल, थकाली चोक, नारायण गोपाल पथ, विर अस्पताल, मदन आश्रीत प्रतिक्षालय आदी । यी नामहरु राखीनुमा विविध कारणहरु छन् । कोही बाहुल्यताका आधारमा, कोही पहिल्यै आएर बसोबास गरेको आधारमा र कोही समाज वा राष्ट्रको लागि योगदान दिएको आधारमा तसर्थ नामांकनमा जुन विवाद देखिएको छ यो भनेको आफ्नो जाति बाहेक अरु जातिको नाम सुन्नै नचाहाने एकल जाति पहिचानमा विश्वास राख्ने, अति संर्किर्ण र रुढिवादी विचारधारा हुनेको कुतर्क हो जुन हामी तीस दलिय मोर्चाले बरु ज्यान गए जाला छोड्नु हुँदैन । र “सत्ताधारीहरुले आदिवासी जनजातीहरुको नाम नै सुन्न नचाहेकोले शसक्त आन्दोलनको विकल्प छैन”
नाम राख्दैमा देश टुक्रीने भए खैत टुक्रीएको ? एमाले र काँग्रेसका केही नेताले पहिँचान नचाहादैमा पहिँचान नहुने सवाल हुँदैन । अहिले सम्म त हामी आदिवासी जनजातीहरुले सहदै आएको हो त्यो पनि बाध्यताले । वाक स्वतन्त्रताको कुरा गर्दा, अधिकारको कुरा गर्दा, पहिचानको कुरा गर्दा लाठी बर्साउने, पक्राउ गरेर हिरासतमा राखेर यातना दिने, गोली ठोक्ने, छाला काडेर झुण्ड्याएर मार्ने जस्ता निरंकुश क्रियाकलाप जुन विगतको जहाँनिया एकतन्त्रिय राणा शासनमा हुन्थे पुनः अहिले दोहोरिन थालेकोले फेरी लखन थापा जस्ता अमर शाहसी शहिदहरुको जन्म हुन आवश्यक देखिएको छ । जस्ले आफ्नो हक, अधिकार र पहिचानको लागि पद, पैसा र ज्यानको प्रवाह नगरी पिडित समुदायलाई संगठीत गरी आन्दोलनको नेतृत्व प्रदान गर्न सकोस् । तर यहाँका कायर आदिवासी नेताहरुको क्रियाकलाप देख्दा म लगायत परिवर्तन चाहाने धेरै आदिवासी जनजातीहरुको मन रिसले चुर हुन्छ ,आगो झै दन्कन्छ । कहिले काही लाग्छ यदि डराउने भए किन नेतृत्व लिएका होलान् । यदि पैसा र पदको लागि हो भने ती गद्दारहरुलाई फाँसीमा लट्काउनु पर्छ ।
आदिवासी जननजतीहरुले यदि विरताकासाथ अग्रेजसँग नलडेको भए शायद नेपाल देश नै रहने थिएन । आज जस्ले यो देश नेपाललाई बचाई राखे उनीहरुले आफ्नो पहिचान, भाषा, धर्म र संस्कृतिको सम्मान होस् भनेर जायज माग राख्दा हामीलाई खिसी गर्ने, जंगली भन्ने ती के.पी, भीम रावल, राम चन्द्र पौडेल, लगायतका नेताहरुलाई जबसम्म हतकडी लगाएर जेल चलान गरिदैन तबसम्म तीनीहरु भुस्याहा कुकुर जस्तो भुक्न छाड्दैनन् । आन्दोलनको आँधी बेहरी ल्याएर तिनीहरुलाई छिटो भन्दा छिटो सत्ताबाट हटाउनुपर्छ । सरकार छ की छैन जनतालाई कुनै महशुस छैन । ग्यासको सिलीण्डर पाउन ३ महिना धाउनु पर्ने त्यो पनि लाईनमा बसेर । ६ बर्षिय बच्चा बलात्कार गरेर हत्या गरिदा समेत कुनै कार्वाही गरिदैन, अनुहारमा एसीड फ्याकेर कसैको अनुहार कुरुप बनाउनेलाई पक्राउ गर्न सक्दैन । बाटो विग्रदा जनता आफैले बनाउनु पर्ने, खाने पानीको समस्या हुँदा जनता आफैले पैसा उठाएर पाईप धसाउनु पर्ने, जनता आफैले पैसा उठाएर विद्युत उत्पादन गर्नु पर्ने । पहाड, तराई वा हिमाल जहाँसुकै जनता आफैले बाटो निर्माण गर्नु पर्ने भएपछि सरकार किन चाहियो ? के का लागि सरकार ?
विदेशबाट नेपालको विकास निर्माणका लागि आएको रकम कुम्ल्याउन बसेका ती भ्रष्ट मन्त्री तथा कर्मचारीहरुलाई अरु कसैले कार्वाही गरोस् वा नगरोस् तर हामी आदिवासी, जनजाती, दलित, मधेसी, मुश्लिम लगायत पिछडा वर्ग समुदायले गर्नै पर्छ । अब धेरै ढिला भैसक्यो । दिनहुँ भ्रष्टचारका समाचारहरु हेर्न र सुन्न पाईन्छ । कहिले प्रहरी, कहिले मालपोतका कर्मचारी, कहिले मन्त्री, कहिले अख्तियारकै कर्मचारी, कहिले न्यायाधिश । कुनै कार्यालय अछुतो छैन भ्रष्टचारबाट त्यसैले मैले भन्ने गर्छु देशलाई अहिले शिक्षित मात्र होईन ईमान्दर नेता तथा कर्मचारीको खाँचो छ जस्ले यो राष्ट्रका सम्पूर्ण जात, जाति, भाषा, धर्म, संस्कृतिको विकास गर्न सकोस् । नेपाली काँग्रेस र एमालेबाट त्यो आशा गर्न सकिने ठाउँ बिल्कुल नरहेकोले अब आन्दोलनबाटै राजा ज्ञानेन्द्रलाई फ्याँके जस्तो फ्याँक्नु पर्छ ।
मलाई दुःख लाग्छ हाम्रा आदिवासी जनजाति नेताहरुलाई देख्दा । आन्दोलनको नेतृत्व लिन नसकेको हो वा नचाहेको । लाठी, गोली खाने डर हो वा नेतृत्व गर्ने क्षमता नभएको म लगायत धेरै जसोले यो कुरा बुझ्न सकिराखेका छैनौ । आफ्नो जातिको खिल्ली उडाउदा समेत चुपचाप सहेर बस्न सक्ने हाम्रा आदिवासी नेताहरु कुन दुलोमा हुनुहुन्छ छिटो बाहिर निस्केर आन्दोलनको नेतृत्व लिनुहोस् किन प्रचण्डलाई जिम्मेवारी दिनुहुछ ? के तपाई हामीसँग क्षमता छैन ? यही हो दुःखको विषय । हामी पिडीतहरुको नेतृत्व हाम्रै समुदायले गर्नुपर्छ नकी अर्कैले । काँग्रेस र एमालेमा रहेका आदिवासीहरु पद र पैसाका लागि बसेका हुन् भन्ने कुरा प्रष्ट भैसक्यो । उनीहरु यति निच भैसके की अब आफ्नै छोरीको बलात्कारको दृश्य पनि टुलुटुलु हेरेर बसी रहनेछन् किनकी छोरीलाई बलात्कार गर्दा प्रतिवाद गर्ने हो भने पद नपाउन सक्छन्, पैसा नपाउन सक्छन् ।
पद र पैसाको लागि आफ्नो पहिचान गुमाउने, भाषा, धर्म संस्कृति गुमाउने खेल हुँदा समेत चुपचाप सहेर बस्ने काँग्रेस र एमालेका आदिवासी, जनजाती, मधेसी नेता ज्यूहरु धिक्कार छ तपाईहरुलाई जो पैसा र पदको लागि आफ्नो आमा समानको मातृ भूमिलाई बलात्कार गर्दा समेत चुपचाप सहन गरेर बसिरहनु भएको छ । जस्ले आदिवासी, जनजाती, मधेसी, दलितको नामै सुन्न चाहान्न के त्यस्ताले अधिकार देला भनेर विश्वास गर्न सकिन्छ ? त्यसैले साथी हो शसक्त आन्दोलनको विकल्प छैन, तयार रहनु होस् । आफ्नो हक , अधिकार र पहिचानको लागि लखन थापा जस्तै फाँसीमा लट्कन, गोली खान वा शहिद हुन तयार हुनुपर्छ र त्यो बेला आईसक्यो ।