राज्यसत्ता, ८ मार्च, हंगकंग, महिला संघ हंगकंगको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा एक सय पाँचैां अर्न्तराष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । पि ए नेपालकी संस्थापक तथा कार्यकारी निर्दैशक इन्दिरा राना मगरले प्रमुख आतिथ्य ग्रहण गरी महिला दिवसलार्इ सम्बोधन गरेकी थिइन । बाल्यकालमा पढ्न नपाएको र एकै चोटी पाँच कक्षामा पढेर पनि प्रथम हुन सफल भएको बताइन । पारीजातबात प्रभावित भएर अहिलेको अवस्थासम्म आइपुग्न सफल भएको बताइन ।
विश्वकै कान्छो भनिएका ८ बर्षिय सौगात विष्टले निर्देशन गरेका चलचित्र लभ यु बाबाको च्यारीटी शोबाट प्राप्त भएको रकम पि ए नेपाललाई सहयोग गरीने अध्यक्ष टीका गुरुङले बताए अनुसार रू दुर्इ लाखको राशी राना मगरलार्इ हस्तान्तरणा गरीएको छ । बन्दी गृहमा रहेका ब्यक्तिहरुको छोरा छोरीको शिक्षा तथा पालन पोषणको लागि इन्दिरा राना मगरद्धारा सञ्चालित बन्दी सहायता केन्द्र (पि ए नेपाल) ले ब्यवस्थापन गरीरहेको छ । त्यसैले बालबालिकाको क्षेत्रमा नोभेल पुरस्कार मानिने अनररी पुरस्कार, स्वीडेनले राना मगरलाई प्रदान गरीसकेको छ ।
हंगकंगमा बिभिन्न क्षेत्रमा सफल महिलाहरूलार्इ सम्मान गरीएको थियो । सफल ब्यवसायी इन्द्रा गुरूङ मुख्य प्रायोजक थिइन र उनलार्इ पनि सफल ब्यवसायी भनि सम्मान गरीएको थियो । महिला दिवसको अवसरमा बर्ष महिला भनी सम्मान गर्न यस बर्षवाट शुरुवात गरेको छ । त्यसैले मगर संघ हंगकंगकी अध्यक्ष चन्द्रज्योति आले मगरलार्इ बर्ष महिला भनी सम्मान गरीएको थियो ।
अध्यक्ष टीका गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरूमा नेपाली बाणिज्यदूत मोदिता बज्रचार्य लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आतिथ्य ग्रहण गरेका थिए । अनिता तमाङ र मीना श्रीसले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
फोटो हेर्नको लागि लिङक थिच्नुहोस: इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा महिला संघ हंगकंगको महिला दिवस कार्यक्रम