जनमुक्ति पार्टी जुट्दै,फुट्दै

Read Time:4 Minute, 29 Second

राज्यसत्ता,

काठमाडौ , फाल्गुन २५ –  सभासद्द्धय शिबलाल थापा र शिमा बि.कले राष्ट्रिय जनमुक्ति पार्टी छाड्दै राष्ट्रिय जनमुक्ति (लोकतान्त्रिक) पार्टी गठन गरेका छन । फाल्गुन १९ गते दुई सभासद भएको पार्टीबाट दुवै सभासद बाहिरिएका थिए ।

(पार्टी घोषणा पश्चात् मिरमिरे एफएममा अन्तर्वाता दिदै सभासद द्वय शिबलाल थापा र शिमा बि.क)

 

३० दलीय मोर्चामा आवद्ध रहदै आएको राष्ट्रिय जनमुक्ति पार्टीका दुवै सांसदले पार्टी परित्याग गरि नँया  पार्टी गठन गरेका हुन । फागुन २० गते राजधानीको संवाद डबलीमा सभासद्द्धयले पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीको सुरक्षा घेराभित्र नयाँ पार्टीको घोषणा गरेका थिए । उनीहरुले पत्रकार सम्मेलनमा वर्तमान पार्टी अध्यक्ष एमएस थापाले लोकतान्त्रिक मूल्य मान्यता विपरीत, संकीर्ण र निरंकुश ढंगबाट पार्टी सञ्चालन गरेको , शान्ति र संविधान, संघीयता र समावेशीको पार्टीको नीतिभन्दा बाहिर गएर कार्य गरेको भन्दै “राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नामको नयाँ पार्टी गठन गर्नु परेको जनाएका छन् ।

सभासदहरु शिवलाल थापा (केन्द्रीय उपाध्यक्ष) र सिमा विक (संघीय परिषद सदस्य) थिए । उनिहरूलाइ भ्रमवश गल्ती गर्न पुगेको अवस्था हो भने सच्चिनका लागि पार्टीले फागुन २२ गते सम्मको समय दिएको थियो । पार्टीले दिएको समयअवधि भित्र ति दुबै सभासद सम्पर्कमा नआएको र कुनै प्रतिकृया नदिएकोले फागुन २३ गतेको राजधानीमा बसेको संघीय परिषदको १६ औं बैठकले सभासद्द्धयको पार्टी सदस्यता समेत खारेज गरिदिएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीले दोस्रो संबिधानसभामा समानुपातिक तर्फ दुई सिट पाएकोमा अब पार्टी सभासद बिहिन हुन पुगेको छ ।

 मधेसी मिले :

मधेसी  मोर्चाको एक घटक ,एक सिट भएको संघीय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी फागुन १८ गते एकीकरण भएको भोलिपल्ट राष्ट्रिय जनमुक्ति पार्टी विभाजन भएको थियो ।

खम्बुवान पनि खोल्सा तिर ?

दोस्रो संविधानसभामा एक सिट प्राप्त गरेको खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा पनि  फागुन १६ गते औपचारिक रुपमा पार्टी फुटाउनेमा शिकार बनेको छ ।

मोर्चाको धरानमा सम्पन्न भएको भेलाले हालका सभासद् रामकुमार राईसहित केही नेताहरुलाई कार्वाही गरेको छ । धरानमा भएकोमोर्चाको असन्तुष्ट पक्षले मोहन राईको संयोजकत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ । पार्टीका सभसद रामकुमार खम्बुले भने “खम्बुवान भ्रम र एथार्थ”भन्दै प्रेश बिज्ञाप्ति जारी गरेका छन । हेर्नुहोस खम्बुले जारीको R.k. Khambu March 7 at 5:16am बिज्ञप्ति ।

दुई  जनमुक्ति जुटे,फेरी फुटे:

२० बर्ष अगाडी निलबहादुर थिङ तामाङको नेतृत्वमा फुटेर गएको राष्ट्रिय जनमुक्ति पार्टी र जनमुक्ति पार्टी नेपालबिच अध्यक्षद्धय एमएस थापा र अटलमान राइ फाल्गुन १२ गते  जुटेको हप्ता दिनमै शिबलालको नेतृत्वमा राष्ट्रिय जनमुक्ति (लोकतान्त्रिक) पार्टी गठन गर्दै पार्टी फुटेको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %