राज्यसत्ता,
हङकङ,मार्च ८ – नेपाल आदिवासी जनजाती युवा सघं हङकङले एक पत्रकार संम्मेलन गरी स्तन क्यान्सरबाट पिडित प्रख्यात गायीका तारा थापा मगरलाई रू ४ लाख सहयोग गरेको छ । गायीका थापा मगरले क्यान्सर हस्पिटल भक्तपूरमा उपचार गराइ रहेका छन ।
(समाचार श्रोत तिलक सोमै मगर)
अर्का बिमारी दाङ, हाँसिपुर गाउँ विकास समिती वडा नं. ८ की हिमा सिञ्जाली मगरको माइलो छोरा बसन्तको म्याक्रोग्लोसिया -{जन्मदै वा पछी देखा पर्ने रक्त नलीहरुको(लिम्फएन्जिओमा वा हेमएन्जीओमा आदिका कारण )असामान्य बनोटका कारण जिब्रो असामान्य तरिकाले बध्ने एक प्रकारको रोग }कारण खान र बोल्न समेत सक्दैनन । साथै सानो छोरा समीरलाई मुटुमा ३ वटा प्वाल परेको र शिशीर पनि मुटुकै बिरामी भएकोले युवा संघ हङकङले रू.११,५०,६६४/- पत्रकारहरू माझ महासंघ लाई हस्तान्तरण गरेको छ ।
नेपाल आदिवासी जनजाती युवा सघं हङकङले सहयोग गर्ने सबै सहयोगीहरूलाइ पत्रकार संम्मेलन गरि हार्दिक धन्यवाद समेत दिएको छ ।
“मैले त अब सबै आशा मारिसकेकी थिएँ तर सहयोग जुट्नसक्छ प्रयास गर भनेपछि बैंकमा खाता खोलेर फेरि प्रयास थालेकी छु”, बिकट गाउँबाट घोराही आएर बैंक खाता खोलेकी हिमाले गहभरि आँसु र भक्कानिएर भनिन्, “धनीमानीहरुले पुण्य कमाउन ठाउँठाउँमा मन्दिर, गेट बनाएको सुनेको छु । कोही त्यस्तै धन र मन दुबै भएका दानी भेटिए मेरो छोराको उपचार गरिदिएमा त्यो अझ ठूलो पुण्य काम हुने थियो ।”
(बिभेदको तस्बिर आफै बोल्छ)
स्वदेश तथा विदेशमा हिमाले देखेको सपनाजस्तै कोही धनवीर र मनवीरहरु भेटिएलान् ? नभेटिए पनि “एक थुकी सुकी, सय थुकी नदी” भनेझैं यिनको पीडामा अलिकति भए पनि मल्हम लगाउन सकिन्छ कि ? दुई छोराहरुको काल पर्खेर बस्न विवश आमाबाबुको मानसिकता कसरी बितिरहेको होला ? यो सोचेर सहयोगी हातहरु अगाडि आउनेमा हिमा आशावादी छिन् ।
त्यसका लागि अरुकै सहयोगमा कृषि विकास बैंकमा हिमा सिंजाली मगरको नाममा रहेको खाता नम्बर ०९१९४००७५३२४८०१८ मा रकम जम्मा गरिदिन सिंजाली परिवारले आग्रह गरेको छ । त्यस्तै हिमाको मोबाइल नम्बर ९८६६९३९७१० मा पनि सम्पर्क गरेर सहयोग गर्न सक्ने स्थानीय अगुवा लुमबहादुर कार्कीले जानकारी दिए ।
यसै समचारको आधारमा कोरीया, हङकङ लगायत अन्य ठाउमा पनि आर्थिक संकलन भइरहेको समचारहरू प्राप्त भइरहेकाछन ।