स्याङ्जामा “यऊनाट”,चौथौ जिऊमामाको उपाधि स्वावलम्वी आलमदेविलाई

Read Time:8 Minute, 18 Second

आलमदेवि लर्सघा, कोटाकोटमा लोपोन्मुख मगर पर्व यऊनाट जोगाउदै ।

विनोद रखाली मगर

स्याङ्जा , फागुन २२ – गण्डकी क्षेत्रमा परापूर्वकाल देखि प्रचलित पर्वको नाम हो “यऊनाट” ।

यो पर्व विशेष गरी स्याङ्जा जिल्लाको चण्डीभन्ज्याङ्, आलमदेवि, वीर्घा, श्रीकृष्णगण्डकी, निवुवाखर्क, जगत्रादेवि, पेलाकोट र पिडीखोला गाविसमा मनाउने चलन थियो । तर अहिले आधुनिक सस्ंकृतीले विभिन्न गाँउमा विस्तारै लोप भैरहेको जानकारहरु वताउँछन् ।

तथापी चण्डीभन्ज्याङ्को घुरडाँडा, आलमदेविको लर्सघा वेसी, कोटाकोट वेसी, डाँडाखर्क र विर्घाको वइघा लाङ्घा लगाएत गुल्मीको एकसिँह, पाल्पाको वौद्ध गुम्वामा श्री पन्चमीको दिन “यऊनाट” अर्थात “जीऊमामा” मनाउने गरीन्छ । विशेष गरी मगर समुदायको विवाह प्रचलन र विभिन्न पुर्खौली सस्ंकृतीलाई यउनाटमा गितको माध्यमदेखि प्रस्तुत गरीन्छ । “यऊनाट” पर्व फाल्गुन पूर्णिमाको अघिल्लो दिनदेखि सुरु भै ४ दिन सम्म लगातार मनाइन्छ ।

सो दिन विहान तरुल खन्ने , मगरहरुको विशेष परीकार बारा वनाउनको लागी देउली पखाल्ने , ढिकीमा कुट्ने साथै हतियार पुजाको लागी सरसफाई गरी राख्ने चलन छ । विहान हात हतियारको पुजा गरी सके पछी गैडु पुजा गरीन्छ । घर भित्र कुखुराको पोथी र वाहिर भाले पुजा गर्ने चलन रहेको पाइन्छ । भोलि पल्ट अर्थात पूर्णिमाको दिन विहानै अगेँनामा आगो वाली सके पछि छिमेकीको घर छुन नहुने घरमा वसी खाना खान नहुने हुँदा परीवारका सदस्यहरु जङ्गलमा सिकार खेल्न जान्छन् । करिव १ वजे तिर नाटडासा भन्ने चलन छ । यो समयमा सवै मानिसहरु घर फर्कन्छन् फेरी धुपधुवाँर गरी खाना खाइन्छ । खाना पछी पुरुषहरु तारो ( टारा डाप्के ) हान्ने गर्दछन् भने महिलाहरु गुफो खेल्ने गर्दछन् ।

 

 

साँझ सवै मगरहरु जम्मा भै जीऊमामा नाच्ने गरीन्छ । जीउमामा नाच नितान्त महिलाहरुले नाच्ने नाच हो , जसमा झण्डै २० महिलाहरु एउटा समुह मामा र एउटा समुह भान्जा भई भान्जाले मगरहरुको मामा चेली ( साली ) विवाह गर्ने परम्परा अनुसार गितैमा मामाको छोरी मागिन्छ ।

जस्तै :

भान्जा समुह : जीउमामै राजै दहीको ठेकी तिम्रै घर ल्याउला, तिम्रै हो चेलीवेटी मलाई सुहाँउछ…….

मामा समुह : जीउ भान्जै राजै दहीको ठेकी हाम्रै घर छ , हाम्रै हो चेलीवेटी वालकै छ …..

अन्तत : दुवै पक्ष साइत हेराउन लामाकोमा जान्छन् । विवाहको पक्का पक्की भए पछि अर्को भाकाको गित गाउँछन् ।   शिरफुल किच्याक किचिक ( ला री ल ) २….

रङ्ग परी जा परी रङ्ग परी जा , रङ्ग परी जा परी रङ्ग परी जा…..

पटूकी ज वइरम पइरम ( ला री ल ) २…..

रङ्ग परी जा परी रङ्ग परी जा , रङ्ग परी जा परी रङ्ग परी जा…..

यसपछी दुलही छोपिन्छ , दुलाहा पक्ष फकर्ने वेलामा ढोगभेट गरी दुवै पक्षले अर्को गित गाउँछन् ।

विना शिरफूलै ज कसरी जाँउ प्रिय भैरम बजारैमा होरी खेलन, …….

( होरी… होरी.. खेलन ) कसरी जाँउ प्रिय भैरम बजारैमा होरी खेलन,

अन्त्यमा वेहुला वेहुलीलाई स्वयम्वर गराई जीउमामा नाच समाप्त हुन्छ । मगर समुदायको भौगौलिक क्षेत्र अनुसार स्याङ्जाका पश्चिमी भेगका मगरहरुको मौलिक जिवित प्रमुख पर्व यऊनाटको सरंक्षण जगेर्नाको लागी कोटाकोट मगर सेवा समाजले २०६८ साल देखि प्रतियोगितात्मक रुपमा मनाउदै आएको छ ।

२०७१ को फागु पुर्णिमामा पनि कोटाकोट मगर सेवा समाज र आदिवासी जनजाती महासंघ आलमदेविको सयुंक्त आयोजनामा जीउमामा प्रतियोगिता कोटाकोट मगर सेवा समाजको परीसरमा सम्पन्न भएको छ । प्रतियोगितामा आलमदेवि गाविस अन्तरगतका विभिन्न ५ गाँउको वाक्लो सहभागिता रहेको थियो ।

प्रतियोगितामा स्वावलम्वी जनशक्ति निमार्ण समिति आलमदेविले उपाधि हात पार्दै नगद रु. १५,००० प्राप्त गर्यो । आलमदेवि समाज सेवा समिती डाँडाखर्क द्धितीय स्थान सुरक्षित गर्दै नगद रु. १०,००० प्राप्त गर्न सफल भयो । जनहित इकाई विकास समिति आलमदेवि तृतीय स्थान ओगट्दै नगद रु. ५,००० प्राप्त गर्यो ।

संजिवनी युवा संघ लर्सघा वेसी , गाहा थर ,आलमदेवि र कोटाकोट मगर सेवा समाजले सान्त्वना हुँदै नगद रु. ३,००० तथा प्रमाणपत्र हात पारे । प्रतियोगिताको निर्णायकमा मोतिलाल घर्ती मगर र खडक झेँडी मगर रहेका थिए ।

कार्यक्रमको उद्धघाटन गर्दै नेपाल मगर संघ स्याङ्जाका सचिव लोकेन्द्र तराँमु मगरले लोपोन्मुख मौलिक सस्ंकृती जर्गेनामा कोटाकोट मगर सेवा समाजले चालेको अभियानमा खुसि व्यक्त गर्दै मगर समुदायको पृथक मौलिक पर्व जर्गेनामा राज्यको ध्यान नपुग्दा लोपोन्मुख हुन पुगेको वताए । तराँमु मगरले सम्पूर्ण आदिवासी जनजातीको भाषा, कला , सस्ंकृती र पहिचान जगेर्नाको लागी वन्दै गरेको सविंधानमा मगराँत स्वायत्त प्रदेशको माग गरे ।

कार्यक्रममा आलमदेवि गाविसका निवर्तमान गाविस अध्यक्ष नरवहादुर राना मगर , राष्ट्रिय जनमुक्ति पार्टी स्याङ्जाका सचिव वम लामिछाने मगर , युवा सन्चारकर्मी विनोद रखाली मगर लगाएतले वोलेका थिए । मगर समुदायको मौलिक पर्व यउनाट तथा कार्यक्रम गर्नुको उद्धेश्यका वारेमा प्रतियोगिताका सयोंजक तथा सस्कृतीकर्मी भिम राना मगरले स्पष्ट पारेका थिए ।

प्रतियोगितामा आलमदेवि , चण्डीभन्ज्याङ्का विभिन्न गाँउ देखि मगर पोशाकमा व्यानर सहित वृहत र्याली , झाँकी, पन्चे वावा सहित गाँउनै उठेर आएका थिए । कोटाकोट मगर सेवा समाजका सदस्य भिम आले मगरको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन आदिवासी जनजाती महासंघ आलमदेविका सचिव पृथ थापा मगरले गरेका थिए ।

 

 

 

 

 

प्रतियोगिता कोटाकोट मगर सेवा समाजका अध्यक्ष खुमवहादुर राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

तस्विर : विनोद रखाली मगर

(बिनोद, लक्षिमि टेलिभिजन स्याङजाका प्रमुख समचार सम्पादक हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %