हंगकंगमा मगर कथानक चलचित्र प्रतिविम्बको सफल प्रदर्शन

Read Time:2 Minute, 3 Second

१ मार्च हंगकंग, हंगकंगमा मगर संस्कृतिमा आधारीत द लाफा आर्ट इन्टरनेशल लिमिटेडको ब्यानरमा निर्मित कथानक चलचित्र प्रतिबिम्ब प्रदर्शन भएको छ । याउ मा तेइ कम्युनिटी हलमा उपस्थित खचाखच दर्शकहरुलाई देख्दा ब्यबसायिक रुपमा पनि सफल भएको छ । फिल्म हेर्न आउने दर्शकहरुले पनि चलचित्रले समाजको राम्रो चित्रण गरेको र मगर संस्कृतिमै आधारीत भए पनि त्यस्तो महशुस नभएको भन्ने प्रतिक्रिया दिएका थिए । बरिष्ट निर्दैशक किशोर राना मगरद्धारा निर्दैशित उक्त चलचित्रमा कलाकार भने सवै नै नयाँ अनुहारका देख्न सकिन्छ । नयाँ कलाकारहरुको अभिनय भने जिवन्त भएको दर्शकहरुको भनाई थियो ।

चलचित्र प्रदर्शनको लागि नेपालबाट निर्दैशक किशोर राना मगर, शब्द तथा संगीतकार राज कुमार राना मगर, नायक मधशुधन थापा मगर, नायक कुमार थापा मगर र नायिका पवित्रा सारु मगर आएका थिए । हंगकंगमै बसोवास गरीरहेकी नायिका कमला पुन मगर पनि उपस्थित भएकी थिइन । निर्माताहरु ज्ञानु थापा मगर, के वि राना मगर, नेत्र थापा मगर, चन्द्र ज्योति आले मगर, अनिता राना मगर, छक्कु उदासी र गोमा पुन मगर रहेका छन । नेपालमा पनि विभिन्न जिल्लामा प्रर्दशन भैरहेको छ । विदेशमा पहिलो शो हंगकंगमा भएको अन्य देशहरुमा पनि प्रदर्शन गरीने निर्माताहरुले बताएका छन ।    

फोटो हेर्नको लागि तल थिच्नुहोस

मगर कथानक चलचित्र प्रतिबिम्व सफल प्रदर्शन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %