बिजय कुमार मगर, कतार

कार्यक्रमकै शिलशिलामा उहाँको योगदानको उच्च कदर गर्दै केन्द्रिय समितिका का.वा. अध्यक्ष महेन्द्र थापामगरले खादा ओढाई सम्मान गरेका थिए भने अध्यक्ष बाबुराम थापामगरले कदर पत्र हस्तान्तरण गरेर संघलाई दिएको योगदानको कदर गरेको थियो । कार्यक्रममा उहाँलाई उपस्थितीद्धारा २०११/१२/१६ देखि आबद्ध भई हाल एरिया समितिको दुई कार्यकाल सम्म अध्यक्ष जस्तो गरिमामय पदमा रहि हाल सम्मको यात्राको दौरानमा संघमा योगदान गरेका कुराहरुको स्मरण गर्दै त्यस समयमा भएका, गरेका, सिकेका कराहरुको चर्चा गरिएको थियो ।
त्यस्तैगरी प्रमख अतिथी रहनभएका बिदाई भएर जानुहुने आलेमगरले कतारको मगर संघमा अझ केही गर्ने चाहना हँदा हुँदै आफु स्वदेश जानु परेकोमा र संघका साथीहरुलाई छोडेर जानुपरेकोमा दुःख ब्यक्त गर्दै मगर संघ र मगरहरुको पहिचान तथा हक अधिकारको लागी बिश्वको जुनसुकै कुनामा रहे पनि आफु संघर्षशिल रहने कुरा बताएका थिए । त्यस्तैगरी कार्यक्रमका सभापती थापामगरले नेपाल जादै गर्दा उहाँको अभावको महशुस संघलाई भएको र संघ प्रतिको मायालाई सम्मान गर्न उहाँको योगदानको पाठ सिक्दै हामीले अझ लगनशील भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अन्तमा अध्यक्षले उहाँको ब्यक्तिगत र सामाजिक जिवन सफलताको शुभकामना सहित शुभयात्राको कामना गर्दै कार्यक्रमको अन्त्य गरेका थिए ।